site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पूर्वराजाले राप्रपा एकता प्रक्रिया भाँडेको राप्रपा (प्रजातान्त्रिक) को आरोप 
Ghorahi CementGhorahi Cement

काठमाडौं । पूर्वपञ्चहरुको पार्टी राप्रपाका विभिन्न घटकबीच एकताका लागि आज सोमबार दिउँसो १ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गर्ने तय भएको थियो । त्यसैअनुसार निमन्त्रणासमेत भएको थियो । तर, आइतबार एकाएक एकता प्रक्रिया नै अवरुद्ध हुन पुगेको छ । 

आखिर किन यसरी विवाद आयो त ? पशुपति शमसेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) का एक नेताले बाह्रखरीसँग सोमबार बिहान भने,‘‘पुरातनवादी शक्तिले चलखेल गर्‍यो । त्यसैले एकता हुन सकेन । चुनाव चिन्हमा कुरा नमिलेको भन्ने कुरा बाहिरी हल्ला मात्रै हो ।’’
उनले पुरातनवादी शक्ति भनेर पूर्वराजातर्फ संकेत गरेपनि प्रष्ट कुरा भने गर्न चाहेनन् । पार्टी एकता हुन नसकेको बारेमा छलफल गर्न सोमबार सो पार्टीको बैठक बस्ने भएको छ । 

खासमा कमल थापा नेतृत्वको राप्रपा र राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) बीच मात्रै भएपनि एकता आजै घोषणा गर्ने तयारी भएको थियो । डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) बीच पनि सहमति जुटेमा तीन वटै एक हुने तयारीमा भएपनि राणा र थापाबीच चुनाव चिन्हलाई लिएर विवाद भएको थियो ।

Agni Group

आइतबार बेलुका दुई अध्यक्षबीच काठमाडौंको एक होटलमा भएको वार्तामा चुनाव चिन्हका विषयमा कुरा मिल्न नसकेको नेताहरुले बताएका छन् । 

राप्रपा (प्रजातान्त्रिक) का ती नेताका अनुसार प्रजातान्त्रिक पक्षले हलो चुनाव चिन्ह दाबी गरेको थियो भने राप्रपाले गाई हुनुपर्ने अडान राखेको थियो । ती दुवै चुनाव चिन्हलाई फ्रिज गरेर नयाँ चुनाव चिन्ह लिने र सत्तारुढ नेकपामा जस्तै दुवै जना अध्यक्ष हुने गरी पनि कुरा चलिरहेको थियो । तर, एक्कासी एकता नहुने अवस्था देखियो । ‘‘यसमा बाह्य भूमिका नै कारक छ,’’ उनले भने । 

Global Ime bank

कार्यक्रमका लागि आइतबार गरिएको निम्तो अहिले धमाधम रद्ध भएको अतिथिहरुलाई जानकारी गराइरहेको समेत जानकारी गराए ।

राप्रपाका अध्यक्ष थापाले  हदैसम्म लचकता अपनाउँदा पनि एकता प्रयास सफल नभएको आइतबार आफ्नो पार्टीको बैठकमा नेताहरुलाई जानकारी गराएको एक नेताले बताएका छन् ।
उनीहरुबीच संवैधानिक राजतन्त्र, चुनाव चिन्ह लगायतका विषयमा सहमति हुन नसकेको बाहिर बताइएको छ । तर, भित्रि कुरा भने बताइएको छैन ।  

उता राप्रपाका अध्यक्ष थापाप्रति असन्तुष्टि जनाउँदै केही नेताले उनको राजीनामा समेत मागेका छन् । 

पार्टीका उपाध्यक्ष रहिसकेका दिलविकास राजभण्डारीसहित १८ जना केन्द्रीय नेताको छुट्टै भेलाले पार्टीभित्र विकास हुँदै गएको गुट तथा उपगुटको अन्त्य गर्न नेतृत्व संवेदनशील नभएको आरोप लगाएका छन् । राप्रपा (प्रजातान्त्रिक) राजतन्त्र वा गणतन्त्र पक्षधर भन्ने कुरामा प्रष्ट नभइ एकतामा जान लागेको भनेर समेत उनीहरुले आपत्ति जनाएका छन्् । 

यसरी थापासँग असन्तुष्टि जनाउने नेतामा पार्टीका उपाध्यक्षद्वय बुद्धिमान तामाङ र राजभण्डारी, महामन्त्रीद्वय जयन्त चन्द र धवलशम्शेर राणा तथा केन्द्रीय सदस्यहरु कालीप्रसाद जोशी, हेमबाबु लेखक, सविना शाह, गोविन्द खनिया, जनककुमारी, भीमप्रसाद गौचन, देवीप्रसाद कँडेल, मुकुन्दश्याम गिरी, जयलाल पुन, रामबहादुर शाह, प्रल्हाद शाह, सत्यन्द्र सिंह, रामचन्द चतुरवेदी र लोकेन्द्रबहादुर स्वार लगायत रहेका छन् । 

राप्रपाका नेता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा सहमति भइसकेको विषयमाथि नयाँ नयाँ विषय थपिँदै जाँदा लगभग टुंगिसकेको राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा (राष्ट्रवादी) बीचको एकता प्रक्रियामा संशय पैदा भएको जनाएका छन् । उनले भनेका छन्, “स्पष्ट हुनुपर्ने हो– राप्रपाले राजसंस्था, हिन्दूराष्ट्र र चुनाव चिन्ह गाईमा कहिल्यै सम्झौता गर्दैन ।”
 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC