site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन कामदार पठाउने १२ वटा देशको बैठक बस्दै, काठमाडौं घोषणापत्र जारी गर्ने तयारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । आफ्नो मुलुकबाट मध्यपूर्वी एसिया र मलेसियामा कामदार पठाउने १२ वटा देशले वैदेशिक रोजगारलाई व्यवस्थित बनाउने छलफल गर्ने भएका छन् । वैदेशिक रोजगारीमा कामदार पठाउने एसियाली देशको साझा मञ्च ‘कोलम्बो प्रोसेस’ को बैठक काठमाडौंमा बस्न लागेको हो ।

नेपालसहित अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इन्डोनेसिया, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्यान्ड र भियतनाम गरी १२ वटा ‘लेबर सेन्डिङ’ देश काठमाडौंमा उच्च अधिकारी (सचिव) स्तरीय बैठक र मन्त्रीस्तरीय परामर्श बैठक बस्न लागेका हुन् । साझा मञ्चले वैदेशिक व्यवसायलाई कसरी व्यवस्थित तथा मर्यादित, कम खर्चिलो बनाउन सकिन्छ भन्ने विषयमा एकै किसिमको नीति बनाउन विचारविमर्ष गर्न लागेको बताइएको छ ।

बैठक कात्तिक २९ र ३० गते बस्दैछ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैदेशिक रोजगारी र आप्रवासनलाई थप व्यवस्थित बनाउन मञ्चमा हाल ५ वटा समितिले काम गरिरहेका छन् । ती ५ वटै समितिले तयार पारेका प्रतिवेदन मञ्चको उच्च अधिकारीस्तरीय बैठकमा प्रस्तुतीकरण हुने कार्यक्रम रहेको छ ।

ती मध्ये बंगलादेशले नेतृत्व लिएको समितिले छनौट प्रक्रिया कसरी स्वच्छ बनाउने विषयमा प्रतिवेदन तयार पार्दैछ । शीपको पहिचान र प्रमाणित गर्ने विषयमा श्रीलंकाको नेतृत्वमा अध्ययन भइरहेको छ । बैठकमा प्रस्तुत हुने अर्को प्रतिवेदन कामदारलाई कामको नियम, व्यवहारबारे अभिमुखीकरणमार्फत् सही सूचना पुर्याउने विषयमा केन्द्रित छ । यो निर्माण गर्ने नेतृत्व फिलिपिन्सले गरेको छ । त्यसैगरी रेमिट्यान्सलाई वैधानिक ढंगले देश भित्र्याउने विषयमा पाकिस्तानले अध्ययन गर्दैछ । थाइल्यान्डले तयार गर्दै रहेको अर्को प्रतिवेदन लेबर मार्केटबारे प्रतिवेदन प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको छ ।

Global Ime bank

यिनै प्रतिवेदनमा आधारित रहेर ‘कोलम्बो प्रोसेस’ ले काठमाडौं घोषणापत्र जारी गर्ने श्रम, रोजगार मन्त्रालय तथा सामाजिक कल्याण मन्त्रालयले जनाएको छ । बैठकको तयारी पुरा भइसकेको मन्त्रालयका सचिव महेश प्रसाद दाहालले बताए ।
सचिव दाहालले भने, “कोलम्बो प्रोसेस संगठन होइन, १२ देशको साझा मञ्च हो । जसमा १–१ वर्षमा सचिवस्तरीय बैठक बसिन्छ । भने २–२ वर्षमा मनत्रीस्तरीय बैठक बसिन्छ ।” 

बैठकले आप्रवासनका समस्या उजागर गर्ने प्रयत्न गर्ने उनको दाबी छ । सचिव दाहालका अनुसार यो मन्त्रीस्तरीय बैठक छैठौं हो भने सचिवस्तरीय बैठक पाचौं हो ।  उनले थपे, “संसारभर रहेको २२ वटा क्षेत्रीय परामर्ष मञ्चमध्ये कोलम्बो प्रोसेस पनि एक हो ।” 
कामदारहरु पठाउने मुलुकको मञ्च भएकाले मध्यपूर्वी एसिया र मलेसियासँगको ती देशसँगको श्रम सम्बन्ध सुधार गर्न महत्वपूर्ण निर्णय लिइने अपेक्षा गरिएको छ ।

यसरी कामदार पठाउने मुलुकले गर्न लागेको निर्णय कामदार भित्र्याउन मुलुकले पालना गर्नुपर्ने अन्तर्राष्ट्रिय प्रोटोकल निर्माण भइसकेको कारण ती देशले पनि कोलम्बो प्रोसेस स्वीकार्ने सचिव बताउँछन् । बैठकमा कामदार भित्र्याउने मुलुकहरु पनि पर्यवेक्षकको रुपमा रहने छन् ।

कोलम्बो प्रोसेसबारे– 

वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रीय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको वैठकमा अन्तराष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने गरेका छन् ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवर्द्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त  नयाँ गन्तव्य बजारको खोजी,  विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी  एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ ।

२९ मार्च २०१७ देखि यसको अध्यक्षता नेपालले गरिरहेको छ ।

मन्त्रीस्तरीय वैठक कोलम्बो प्रोसेसको सर्वोच्च निकाय हो । अध्यक्षताको दुईवर्षे अवधिमा बस्ने मन्त्रीस्तरीय वैठकमा सहभागी देशका मन्त्रीहरुद्वारा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिशहरु र कार्य योजनाहरु उपर विचार विमर्श गर्ने गरिएको छ । यस्तो वैठकमा सदस्य मुलुकहरूले अघिल्लो वैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामी दिनमा अवलम्बन गरिने कदमहरूको पहिचान समेत गर्ने गरिन्छ ।

कोलम्बो प्रोसेस–२०१८

कोलम्बो प्रोसेसको स्वीकृत सञ्चालन प्रकृया अनुरुप अध्यक्षता गरिरहेको मुलुकले मन्त्रीस्तरीय र उच्च अधिकारी (सचिव) स्तरीय वैठकको आयोजना गर्नुपर्ने हुन्छ । यसै सन्दर्भमा आगामी कार्तिक २९ र ३० गते उच्च अधिकारी स्तरीय एवं मन्त्रीस्तरीय वैठकको आयोजना गर्न लागिएको हो ।
सोल्टी क्राउन प्लाजामा कात्तिक ३० गते हुने मन्त्रीस्तरीय परामर्श वैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्दै छन् । मन्त्रीस्तरीय बबैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले र उच्च अधिकारी स्तरीय वैठकको अध्यक्षता मन्त्रालयका सचिव महेश दहालले गर्नेछन् ।
कार्तिक २९ गते हुने उच्च अधिकारी स्तरीय बैठकले ३० गते हुने मन्त्रीस्तरीय वैठकको लागि कार्यसूचि, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्नेछ र सोही आधारमा मन्त्रीस्तरीय वैठकले आवश्यक निर्णयहरु लिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) को समन्वयमा उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC