site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हनोई । भियतनामले यसै वर्षको अन्त्यदेखि लागू हुने बहुचर्चित प्रशान्त व्यापार सम्झौतालाई अनुमोदन गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुने घोषणा गरे पनि सम्झौता अनुमोदन गर्ने भियतनाम सातौं राष्ट्र हो । 

वासिङ्टन बाहेकको यस ट्रान्स–प्यासिफिक पार्टनरसीप (टीपीपी) मा हाल ११ मुलुक सहभागी छन् । सम्झौतामा सामान्य हेरफेर गरिएको छ, र यसमा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको संयुक्तराज्य अमेरिकालाई कुनै पनि समय सहभागी हुने ढोका खुला गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यो सम्झौतालाई अस्ट्रेलियाले गत महिना अनुमोदन गरेको थियो । सदस्य राष्ट्रमध्ये आधाभन्दा बढीले अनुमोदन गरिसकेका कारण अब यो सम्झौता डिसेम्बरको अन्त्यबाट प्रयोगमा आउने छ । 

भियतनामको संसदमा भएको मतदानमा सर्वसम्मतिले विधेयकलाई अनुमोदन गरेको थियो । 

Global Ime bank

यो सम्झौतालाई अमेरिकी पूर्व राष्ट्रपति बाराक ओमाबाले अघि बढाएका थिए । यो सम्झौताबाट चीनको बढ्दो विश्व आर्थिक सामथ्र्यसँग जुध्ने विश्वास गरिएको थियो । यो सम्झौता पश्चात सदस्य राष्ट्रहरुले व्यापारका लागि बलियो कानुनी संरचना तयार गर्नुपर्ने, करमा कटौती गर्नुपर्ने तथा बजारहरु खुला गर्नुपर्नेछ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC