एजेन्सी । मुस्फिकर रहिमले दोहोरो शतक बनाएपछि जिम्बाब्वेविरुद्धको दोस्रो टेस्टमा घरेलु टोली बंगलादेश बलियो स्थितिमा छ । बंगलादेशले ७ विकेट गुमाएर ५ सय २२ रन बनाउँदा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो ।
रहिमले १ सय ११ रनको स्थितीबाट दोस्रो दिनको शुरुआत गरेका थिए । बंगलादेशले सोमबार पहिलो इनिङ समाप्तीको घोषणा गर्दा रहिम २ सय १९ रनमा अविजित थिए भने मेहदी हसन मिराज ६८ रनमा अविजित रहे । रहिमले बनाएको २ सय १९ रन बंगलादेशका खेलाडीले टेस्टमा बनाएको सबैभन्दा ठुलो स्कोर हो । यसअघि सकिब अल हसनले २०१७ मा न्युजिल्यान्डविरुद्ध २ सय १७ रन बनाएका थिए । रहिमको यो दोस्रो दोहोरो शतक हो । उनले २०१३ मा श्रीलंकाविरुद्ध पनि २ सय रन बनाएका थिए ।
पहिलो दिन पाँच विकेट लिएको वेस्ट इन्डिजले सोमबार थप दुई विकेटमात्र लिन सक्यो । बंगलादेशका कप्तान महमुदुल्लाह ३६ रन बनाएर पवेलियन फर्किदा अरिफुल हक ४ रन बनाएर आउट भए । दुबैलाई केली जर्भिसले आउट गरेका हुन् । ७१ रन दिएका जर्भिसले ५ विकेट लिए । टेन्डाइ चटरा र डोनाल्ड टिरिपानोको नाममा १÷१ विकेट रह्यो ।
दोस्रो दिन सकिदाँ वेस्ट इन्डिजले ओपनर ह्यामिल्टन मासाकाड्जालाई गुमाइसकेको छ । १४ रन जोडेका मासाकाड्जालाई तैजुल स्लामले मेहदी हसनमार्फत क्याच गरेका थिए । १० रन बनाएर क्रिजमा रहेका ब्रेन चरीलाई टिरिपानोले साथ दिएका छन् । वेस्ट इन्डिज २५–१ को अवस्थामा छ । पहिलो दिन बंगलादेशका मोमिनुल हकले १ सय ६१ रन बनाएका थिए ।
पहिलो टेस्ट वेस्ट इन्डिजले १ सय ५१ रनले जितेको थियो । त्यसअघिको तीन खेलको एकदिवसीय शृंखला बंगलादेशले क्विन स्विप गरेको थियो ।