site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लगातार दोस्रो जित निकाल्दै एपीएफ फाइनलमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौँ । विभागीय टोली सशस्त्र प्रहरीको (एपीएफ) क्लब राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । 
पहिलो खेलमा मध्यमाञ्चललाई पराजित गरेको एपीएफले आइतबार मध्यपश्चिमाञ्चललाई ९ विकेटले पराजित गरेपछि लगातार दोस्रो जितसँगै फाइनल प्रवेश गरेको हो । समूह ए मा रहेको एपीएफले लगातार दोस्रो जितसंगै ४ अंक जोडेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्य पश्चिमाञ्चलले दिएको ६५ रनको लक्ष्य एपीएफले मात्र एक विकेट गुमाएर पुरा गर्यो । एपीएफको जितमा सिता राना मगरले २७ तथा ज्योति पाण्डेले अविजित २३ रन जोडे । त्यस्तै सरिता मगर ४ रनमा अविजित रहिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मध्य पश्चिमाञ्चलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ६४ रनको योगफल तयार गरेको थियो । उसको लागि लक्ष्मी चौधरीले २२ तथा नेरी थापा मगरले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सवुमनले दोहोरो अंक जोड्न सकेनन । एपीएफका लागि सरिता मगरले ३ तथा ऋतु कोंजिया र सिता राना मगरले समान २–२ विकेट लिइन ।
यस्तै प्रतियोगिता अन्तर्गत आइतबार भएको पहिलो खेलमा सुदुर पश्चिमाञ्चलले मध्यमाञ्चललाई ८ विकेटले पराजित गर्दै पहिलो जित निकाल्यो । मध्यमाञ्चलले दिएको ९२ रनको लक्ष्य सुदुर पश्चिमाञ्चलले मात्र २ विकेट गुमाएर पुरा गर्यो । सुदुर पश्चिमाञ्चलको जितमा रोशनी बोहराले अविजित ३६ तथा कविता जोशीले पनि अविजित २५ रन जोडिन ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ९१ रन जोडेको थियो । मध्यमाञ्चलका इन्दु बर्माले ४३ तथा वर्षा रानाले अविजित ३३ रन जोडिन । जितसँगै सुदुर पश्चिमाञ्चलले समूह बि मा २ अंक जोडेको छ । र, समुहको दोस्रो स्थानमा छ । समूह बी मा पूर्वाञ्चल शीर्ष स्थानमा रहदा लगातार दुई खेल गुमाएको मध्यमाञ्चल पुछारमा छ ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC