site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
घटेको छैन रंगमञ्चको मोह, नयाँ पुस्ताले बोलाए नाटक खेल्न तयार
Sarbottam CementSarbottam Cement

पहिलो भेट ०४२ सालतिर भएको हो, मोहन निरौलासँग । नाचघर, सभागृह सेरोफेरोमै हामी भेटिएको । उनी नाट्यकर्मी हुन्, त्यति थाहा थियो । त्यसबेला उनी पुरातत्व विभागमा जागिरे पनि थिए । तर, दुई वर्षपछि उनले त्यो जागिर छाडे । उनको पूर्णकालिन काम गराई रंगमञ्च र सिनेमा लेखनमै सीमित भयो ।

उनी पत्रकार पनि हुन् भन्ने उनीसँगको सम्बन्ध झाँगिदै गएपछि मात्रै थाहा भएको हो । उनको सम्पादनमा विराटनगरबाट आँशु साप्ताहिक प्रकाशित हुँदैथियो भने काठमाडौंका केही साप्ताहिक पत्रिकाहरुमा उनी स्तम्भ लेख्थे । पछि मोहन र म चलचित्र मासिक पत्रिकामा सँगै रह्यौं, लामो समयसम्म ।

अर्थात्, उनी सबै क्षेत्रमा सक्रिय थिए । नाटक, पत्रकारिता, सिनेमा लेखन, अभिनय, सबैमा । पछि उनले नेपाल टेलिभिजनबाट प्रशारित हुने टेलिफिल्महरुमा र भिडियो फिल्महरुमा अभिनय गर्न थाले । 

Prabhu Bank
Agni Group
NIC Asia

तर उनको प्रारम्भ नाटकबाटै भयो । वि.सं. २०३५–०३६ सालतिरको कुरा हो । विराटनगरका बासिन्दा मोहन निरौलाले पत्रकारितामा हात हालिसकेका थिए । उनका मित्र रमेश बुढाथोकी विराटनगरमै नाटक गर्थे । एकपटक मोहनले पनि नाटकमा अभिनय गर्ने मौका पाए । नाटक थियो ‘दुई लास, एक चिहान’ । निर्देशक बुढाथोकी नै थिए । त्यस नाटकमा मोहनले खलनायकको भूमिका निर्वाह गरे ।

यहाँबाटै नाट्यकर्मतर्फको रुची मौलायो । उनी विराटनगरका अन्य रंगकर्मीहरुको संगतमा पुगे । बुढाथोकीसँगै उनको सम्बन्ध बद्री अधिकारी, सुनील पोखरेल, शैलेश आचार्य, दीपक आलोकसँग पनि हुन गयो । उनले अरु समूहका निर्देशकहरुसँग पनि काम गर्दै गए । विराटनगरमै रहँदा उनले ‘अधुरो जीवन’, ‘गोधुली साँझ’लगायतका नाटकहरु गरे ।
उनले आफैंले पनि एउटा नाटक लेखे । त्यसै भेगका केही व्यक्तिहरुको पीडालाई उनले नजिकबाट नियालेका थिए । पीडामा परेका व्यक्तिहरुको जीवन देखेरै उनले एउटा नाटक लेखे, ‘दन्त्य कथाभित्रको क्रान्ति’ । यो नाटकको अभ्यास भयो । मञ्चन पनि भयो । यो नाटकमा तत्कालिन सरकारको कडा आलोचना गरिएको थियो । 

Global Ime bank

तर यो नाटक दुई दिनमात्रै मञ्चन भयो । प्रशासनले त्यसपछि नाटक मञ्चन हुन दिएन । उनलाई यसै नाटकका कारण स्थानीय प्रशासनले दुःख दियो । पक्राउ पुर्जी काटियो । भागाभागको स्थिति आयो । कवि प्रमोद प्रधान यस नाटकका सल्लाहकार थिए । दुबैलाई गाह्रो भयो । तत्कालीन प्रशासनले दिएको यो टर्चर आज पनि उनले भुलेका छैनन् ।
विराटनगरका नाट्यकर्मीहरुसितको हिमचिमले मोहन नाटकतिर आकर्षित भएका थिए । २०३९ सालमा प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक महोत्सव हुँदैथियो । विराटनगरबाट रमेश बुढाथोकीहरुसँगै उनी पनि काठमाडौं आए नाटकमा अभिनय गर्न भनेर । 

काठमाडौं उक्लिएपछि उनी फेरि विराटनगर फर्केनन् । उनका पिताजीको सरुवा काठमाडौंमै भएकोले उनी पनि काठमाडौंमै बसे । त्यसै समयमा विराटनगरबाट बद्री, सुनील, रमेश, शैलेश, सन्तोष पोखरेल, दीपक आलोकहरु पनि काठमाडौं आए । सबैले काठमाडौंका प्रेक्षालयहरुमा नाटक मञ्चन गर्न थाले ।

केही दिनअघि डिल्लीबजारमा भेटिएका मोहन निरौला भन्दैथिए, “विराटनगरबाट आएर हामीले (रमेश बुढाथोकी पनि) रंगकर्मी जमातको स्थापना गर्यौं । अनि नाटक देखाउन सुरु भयो ।” 

उता सुनील र बद्रीहरु आरोहण नाट्य संस्थाको स्थापना गर्दै नाट्यकर्मको आरोहणमा होमिए ।  यसरी नाट्यकर्मसित भिज्दै गएका मोहनले पछि आँशु समूहबाट पनि केही नाटकहरु गरे । ‘बेचिएकी नेपाली चेली’, ‘घर’, ‘बाबु साहेबको करामत’ लगायत अरु पनि केही नाटकहरु मञ्चन गर्दै गए । 

त्यो बेला नाटकको माहोल गरम थियो । नाट्यकर्ममा सबै रमाएका थिए । कलाकार पनि । दर्शक पनि । त्यो बेला नाटक हेर्न दर्शकहरु हलसम्म आएको उनी सम्झिन्छन् । कहिलेकाहीँ दर्शक कम हुन्थे । तर पनि नाटकप्रतिको मोह सबैमा उस्तै गडेर बसेको थियो ।

केही नाटकहरुको अनुवाद गरेर आफैंले निर्देशन गरेका मोहन निरौलाले काठमाडौं आएपछि नाटक निर्देशन पनि सुरु गरिसकेका थिए । उनको निर्देशनमा ‘जीएए’बाट हुने नाटक प्रतियोगितामा पनि केही नाटक मञ्चन भएका थिए । यसका अतिरिक्त उनले बेलाबेलामा हुँदै आएको नाटक प्रतियोगिताहरुमा पनि भाग लिँदै आएका थिए । 

काठमाडौं भित्रिएपछि उनले एउटा नाटकमा प्रमुख भूमिका निर्वाह गरे । उनी हिरो थिए । त्यो नाटक थियो रुद्रराज पाण्डे निर्देशित ‘अब के नै बाँकी छ र !’ यो नाटकमा मोहन निरौलाले मासिक २ हजार ५ सय तलब पाउँथे । यसका अन्य कलाकारहरुले पनि यसमा तलब पाउँथे । र नाटक मञ्चन भएको दिन विशेष भत्ता पनि दिइन्थ्यो ।

मोहन मुस्कुराए । भने, “अचम्म लाग्थ्यो । त्यसबेला शाखा अधिकृतको तलब ८ सय रुपैयाँ थियो । जबकी मलाई त्यत्रो तलब दिइन्थ्यो । अरु कलाकारलाई पनि तलबमै राखिएको थियो । डिल्लीबजारको सांस्कृतिक संघमा यसको रिहर्सल हुन्थ्यो । त्यो सम्झिँदा आज एकादेशको कथा जस्तो अनुभव हुन्छ ।”

त्यो नाटक मञ्चन गरेर निर्मातालाई पोसायो–पोसाएन, मोहनलाई थाहा छैन । तर पैसा लिएर नाटक गर्न पाउँदाको आनन्द उनले भोगे नै । यसरी नाट्यकर्ममा सक्रिय हुँदै गएका नाट्यकर्मी मोहन निरौलाले २०४७ सालमा एउटा ‘हरर’ नाटक (डरलाग्दो नाटक) पनि मञ्चन गरे, ‘सन्त्रास’ नामबाट । यो काठमाडौंमा रहेका नाट्यकर्मीहरुद्वारा गरिएको पहिलो हरर नाटक थियो । यसअघि दार्जिलिङ्गबाट आएको नाट्य समूहले प्रताप सुब्बाको निर्देशनमा ‘रातको प्रथम प्रहर’ को मञ्चन गरेको मोहन बताउँदै थिए ।

नाट्यकर्ममा सक्रिय रहँदै आएका मोहनले ‘सन्त्रास’का लागि कडै मिहिनेत गरेका थिए । त्यसमा कलाकार पनि प्रशस्त थिए । त्यसका लागि प्रोपर्टी पनि धेरै चाहिन्थ्यो । कलाकारहरुको अभिनय र भाव भङगीमाको पनि ख्याल राख्नु पर्दथ्यो । त्यसका अतिरिक्त डरको वातावरण सिर्जना गर्नका लागि केही नवीन प्रयोगको आवश्यकता पनि थियो नै । त्यसैले पनि ‘सन्त्रास’ नाटकको मञ्चन उनका लागि चुनौतिपूर्ण बनेको थियो ।

मोहन भन्छन्, “जे होस्, त्यसबेला दर्शकले खुबै मन पराए ‘सन्त्रास’लाई । प्रज्ञा प्रतिष्ठानको हलमा नाटक गरेका थियौं । नाटक रुचाइयो पनि । यसले कमाई पनि राम्रो गरेको थियो ।”
मोहनको निर्देशनमा मञ्चित ‘सन्त्रास’मा नयाँ प्रयोग गरिएको थियो । उनका अनुसार एउटा कंकालको पनि प्रयोग भएको थियो, जुन उनले त्यसबेला ७ हजार रुपैयाँमा खरिद गरेर ल्याएका थिए । 

त्यस्तै यस नाटकमा प्रकाश व्यवस्था पनि उच्चस्तरको थियो । सेतो कपडा लगाएर अभिनय गर्ने कलाकारको सेतो आकृति मात्रै स्टेजमा देखिन्थ्यो । टाउको, हात केही देखिन्थेन । लाग्थ्यो मञ्चमा भूत हिँडिरहेको छ ।

मोहनले सम्झिए कंकालले तर्साएको क्षण । उनी भन्दैथिए, “नाटक सकिए पनि हाम्रो अफिसमा कंकाल राखेका थियौं । त्यहाँ बस्ने केही मानिसलाई तर्साएपछि हामीले त्यो बागबजारकै प्रतिभा कला मन्दिरको कोठामा राख्यौं । त्यहाँ बस्नेहरुलाई पनि तर्साएपछि त्यसलाई त्यहाँबाट हटायौं ।”

नाटक र चलचित्र टेलिचलचित्रमा सक्रिय उनले चलचित्र र टेलिचलचित्रको स्कृप्ट र सम्वाद लेख्न सुरु गरिसकेका थिए । यसरी रंगकर्मबाट उनको यात्रा चलचित्र लेखनतर्फ मोडियो ।
तर नाटकसँग कुनै न कुनैरुपमा जोडिने प्रयासमा आफू रहेको उनी आज पनि बताउँछन् । उनका अनुसार उनले परिवर्तन नेपालको स्थापना गरेपछि त्यस संस्थाबाट चेतनामूलक वृत्तचित्रहरुको निर्माणका साथै विभिन्न विषयमा चेतनामूलक सडक नाटकहरु मञ्चन गरे । यसरी सडक नाटकहरु मञ्चन गर्दा उनले त्यो नाटकलाई समयसमयमा रंगमञ्चमा प्रस्तुत गर्ने काम पनि गर्दैगए ।

उनी भन्छन्, “सडक नाटक लेख्दा मैले यसलाई सडकका साथै मञ्चमा समेत मञ्चन गर्नसक्ने गरी लेखेँ । र बेलाबेलामा रंगमञ्चमा पनि नाटक देखाएँ । हो, यसरी देखाइएका ती नाटक व्यवसायिकरुपमा भने मञ्चन गरिएनन । पास बाँडेर दर्शक बोलाईयो र नाटक गरियो । बस् ।”
यसरी सानासाना नाटकहरु गर्दा उनले समसामयिक विषयलाई कथामा उने । एउटा चेलिबेटी बेचबिखन सम्वन्धी नाटक थियो भने एउटा हरुवा चरुवाको मुक्तिका विषयमा थियो । यसैगरी केही अन्य विषयमा पनि यिनले सानासाना नाटक लेखेर मञ्चन गर्दै गए ।

पछि गएर आफूले चलचित्र र टेलिचलचित्रको लेखन र अभिनयको व्यस्तताले नाट्यकर्मतर्फ त्यति ध्यान दिन नसकेको उनी बताउँछन् । उनका अनुसार सबै रंगकर्मीहरु यसरी नै टेलिभिजन र सिनेमातिर लाग्दै गएकोले पछिपछि रंगकर्म केही सेलाउँदै गएको हो । तत्कालिन रंगकर्मीहरुमा टेलिभिजन र सिनेमाको आकर्षण तिनको दर्शक क्षमताका कारण नै वृद्धि भएको मोहन मान्दछन् । तथापि आत्मसन्तुष्टि भने नाटकबाटै मिल्ने उनी आजपनि बताउँछन् । त्यसैले सडक नाटकको माध्यमबाट भएपनि आफू नाटकका थोरै भएपनि सक्रिय रहेको उनको भनाइ छ ।

नेपाली नाट्यकर्मको ग्राफ अहिले उक्लिँदो अवस्थामा छ । नयाँ नयाँ नाट्यकर्मीहरु नाटकमा देखिएका छन् । नयाँ पुस्ता नाट्यकर्ममा आउनुलाई उनी सकारात्मकरुपमा लिन्छन् । हरेक क्षेत्रमा पुस्ता हस्तान्तरण हुन्छ भने नाट्यकर्ममा पनि हुने उनको तर्क छ । 

मोहन निरौला भन्छन्, “तर पुराना रंगकर्मीहरु पनि छन् । यिनलाई बेलाबेलामा अहिलेको रंगकर्ममा पनि स्थान दिनुपर्छ । अभिनय गर्न लगाउनु पर्छ । यो सोचेर नाटक खेल्न बोलाउने हो भने नयाँ पुस्तासँग नाटक गर्ने अवसरलाई खेर जान दिनु हुँदैन भन्ने म ठान्दछु । यदि अहिलेका युवा नयाँ नाट्यकर्मीले बोलाउँछन् भने म नाटकमा अभिनय गर्न तयार छु ।”

‘दन्त्य कथा भित्रको क्रान्ति’ र ‘प्रजातन्त्र’ शीर्षकमा नाटकको पुस्तक लेखेर प्रकाशित गरिसकेका मोहन नेपाली लेखकका नै धेरै नाटकहरु मञ्चन गर्न बाँकी रहेको स्वीकार्छन् । उनका अनुसार नेपाली नाटकको अभाव होईन, विदेशी लेखकहरुको नाम भजाउने प्रयास मात्रै भएको हो । 

नाटक सम्वन्धी पुस्तकहरुमा पुराना नाट्यकर्मीहरुको नाट्यकर्मको चर्चा त परैको कुरो, नामै छुटाइएको प्रति उनको दुखेसो छ । तथापि उनी अहिलेका नयाँ युवापुस्ताका नाट्यकर्मीहरुले नाटकका क्षेत्रका गरेको कामको उनी उच्च प्रशंसा गर्छन् ।
      
     
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०७५  १२:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC