site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

विदेशी सरकारले दिएको पैसा लुकाएको आरोप नेपाल सरकारमाथि लागेको छ । आरोप लगाउने अर्को निकाय राज्यकै संवैधानिक अंग हो । सरकारमाथि झट्ट पत्याइहाल्न नसकिने यस्तो आरोप बिरलै लाग्छ । डेनमार्क सरकारले राष्ट्रिय मानव अधिकार आयोगका लागि उपलब्ध गराएको साडे ३ अर्ब रुपियाँभन्दा बढी रकम सरकारले बीचैमा गबन गरेको आरोप आयोगका तर्फबाट लगाइएको छ । सरकारले पैसा त दिएन नै त्यसको हिसाबसम्म पनि नदिएको दाबी आयोगका सदस्यले गरेका छन् । डेनमार्क सरकारले आर्थिक वर्ष ०७२÷७३ देखि ०७४ ÷ ७५ को अवधिमा तीनपटक गरी तीन अर्ब ५० करोड रुपियाँभन्दा बढी सहयोग दिएको आयोगको दाबी छ । 

डेनमार्क सरकारले यो रकम आयोगलाई शान्ति निर्माण र प्रजातन्त्रको विकास, स्थानीय सुशासन, न्यायमा पहुँच र महिला अधिकारका कार्यक्रम सञ्चालन गर्न उपलब्ध गराएको बताइएको छ । तर, अर्थमन्त्रालयबाट यो रकम कता गयो भन्ने जानकारीसम्म पनि आयोगले पाएन । आयोगको दाबी सत्य हो भने यो अत्यन्त गम्भीर र चिन्ताजनक विषय हो । यस्तो व्यवहारबाट सरकारमाथि दाताको मात्रै हैन जनताको पनि विश्वास हराउँछ । आयोगले रकमका सम्बन्धमा पत्राचार गर्दा पनि सरकारले उत्तर दिएको छैन । सरकारको यो गैरजबाफदेही रबैया अर्को चिन्ता र आपत्तिको विषय हो । 

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले तीन तीन वर्षसम्म जबाफसमेत नदिएपछि यो रकम बीचैमा गायब पारिएको मान्नुपर्ने हुन्छ । वैदेशिक सहयोगको कारोबार अर्थमन्त्रालयमार्फत् हुन्छ । महालेखा परीक्षकले पनि यस्तो रकमको हिसाबकिताब हेर्छ । सम्बन्धित दातृ संस्थाको पनि लेखापरीक्षणको आफ्नै संयन्त्र र प्रक्रिया हुन्छ । यसरी दाताले आफूलाई दिएको रकम सरकारले लुकाएपछि आयोगका पदाधिकारीले पनि तुरुन्तै गम्भीरतापूर्वक खोजी गर्नुपर्थ्यो । दाताले पनि जुन कार्यक्रम सञ्चालन गर्नका लागि अनुदान दिएको सोको प्रगति र हिसाबकिताब त माग्नु पर्ने हो । आयोगले सरकारबाट रकम प्राप्त नभएको जानकारी गराएको भए अर्को किस्ता निकासा पनि नहुनुपर्ने हो । यसमा आयोगले पनि केही लुकाएको सन्देह हुन्छ । सरकारले उत्तर नदिए त्यसको जानकारी जनतालाई दिनुपर्थ्यो । सरकार र आयोग दुवै पक्ष यसमा चुकेको देखिन्छ ।

अर्थ मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा तत्काल सार्वजनिकरूपमा स्पष्ट जानकारी दिनु आवश्यक छ । दाताले नियमपूर्वक दिएको रकम ढुकुटीमा आएको हो भने सम्बन्धित निकायलाई निकासा दिनुपर्छ । दाताको सहमतिविना अर्को प्रयोजनमा उक्त रकम खर्च गर्नु अनुचित हुन्छ । आयोगले अनुदान लिँदा कानुनबमोजिम अर्थ मन्त्रालयको सहमति पक्कै लिएको होला । त्यस अवस्थामा पनि अनुदान रकम बीचैमा गायब बनाइएको हो भने यसलाई संसदीय समितिले गम्भीरतापूर्वक लिएर छानबिन गर्नुपर्छ । कसैको पनि लहड, लोभ, सनक वा जुँगाको लडाइँमा राज्यको साख गिर्ने काम हुन दिनु हुँदैन । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  १२:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC