site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निर्मला हत्याकाण्डः अनिश्चितकालीन धर्नामा बस्दै परिवार, नभए अनशन थाल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको हत्याकाण्डमा संलग्न अपराधीको खोजी गरी तत्काल कारवाही प्रक्रिया अघि बढाउन माग गर्दै आजदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा अनिश्चितकालीन धर्ना दिइने भएको छ । 

निर्मलाका पिता यज्ञराज पन्तले आइतबार बिहान बाह्रखरीसँगको कुराकानीमा भने,‘‘न्याय नदिइएकोले बाध्य भएर आन्दोलनमा उत्रनु परेको हो । धर्ना कार्यक्रमको पनि सुनुवाई भएन भने अनशन बस्ने सोच बनाएका छौं ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार आइतबारबाट सुरु हुने आन्दोलन कार्यक्रम हत्यारा पत्ता नलागुन्जेलसम्मका लागि अनिश्चितकालीन हुनेछ । आजको कार्यक्रमअनुसार बिहान महेन्द्रनगरको मदनचोकमा स्थानीय बासिन्दा, अधिकारकर्मी तथा  परिवारका सदस्य भेला भएर नगरपरिक्रमा गरी ११ बजे जिल्ला प्रशासन कार्यालयमा पुगेर धर्ना बस्ने कार्यक्रम रहेको छ ।

निर्मलाका पिता यज्ञराजले तिहार अघि पत्रकार सम्मेलनको आयोजना गरी आफूहरुलाई न्याय प्राप्त नभए धर्ना र अनशन जस्ता कार्यक्रममा सरिक हुने जनाएका थिए । आजको धर्नाको तयरीका बारेमा छलफल गर्न महेन्द्रनगरको खुलामञ्चमा स्थानीय महिला अधिकारकर्मी तथा परिवारका सदस्यहरुको भेला भएको थियो । 

Global Ime bank

निर्मलाकी आमा दुर्गादेवी पन्तले पनि बाह्रखरीसँगको कुराकानीमा यति लामो समय भइसक्दापनि सरकारले न्याय दिने दिशामा केही पनि गर्न नसकेकोले बाध्य भएर धर्नामा उत्रनुपरेको जनाइन् ।  साउन १० गते साथीको घरमा गएकी निर्मला भोलिपल्ट नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  ०७:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC