site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
रक्षामन्त्रीको हेलिकप्टर, साइकल मन्त्रीको मोटरको लस्कर
Sarbottam CementSarbottam Cement

तिहार मूलतः भाइटीका र लक्ष्मीपूजाको अवसर परेकाले गत साता दैनिक पत्रिका चार दिनमात्र पत्रिका प्रकाशित भए (कान्तिपुर पाँच दिन) र सो साता केही महत्त्वपूर्ण घटना भए । महत्वपूर्ण तर दुःखद घटना मानवअधिकारवादी वामपन्थी नेता पद्मरत्न तुलाधर तथा प्रखर कानुनविद् वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको निधन भयो । तर, पाठकले रुचि लिएर पढेका तथा सामाजिक संजालमा निकै चर्चामा रहेका भने अन्य दुई समाचार थिए । 

गत साता आइतवारको नयाँ पत्रिकाले प्रकाशित गरेको समाचार सामाजिक संजाल तथा डिजिटल पत्रिकामा पनि निकै चर्चित रहे । नेकपाको बारामा हुने भनिएको चियापानमा भाग लिन रक्षामन्त्री ईश्वर पोखरेल नेपाली सेनाको हेलिकप्टर चढेर कलैयाको एउटा खेलभइरहेको क्रिकेट मैदानमा ओर्लिए । सो पत्रिकाअनुसार एनप्याब्सनको आयोजनामा सिद्धेश्वर खेल मैदानमा १७ कात्तिक शनिवार २० विद्यालय सहभागी भएको खेल आयोजना हुँदैथियो । तर, पहिलो टी ट्वान्टी खेललाई नै २० ओभरबाट १२ ओभरको म्याच बनाउन दबाब दिएर मन्त्रीको टोली १२ बजेर २० मिनेटमा ओर्लियो । मैदानमा भएका खेलाडी र दर्शकलाई धपाएर मन्त्रीको हेलिकप्टर ओर्लिएको मात्र होइन साढे तीन बजेसम्म त्यहीँ रोकिएर बस्यो । त्यस दिनका बाँकी सबै खेल त अवरुद्ध भए नै हेलीकप्टर उत्रेका कारण क्रिकेट मैदानको पिच समेत भत्किएको आयोजकले गुनासो गरेका छन् । अन्यत्र हेलिकप्टर उतार्नका लागि आयोजकले आग्रह गर्दा समेत सेना आएर सोही खेल भइरहेको मैदानमा हेलिकप्टर उतारे । तिहारअघि नै सबै खेल सक्ने आयोजकको सम्पूर्ण तयारी त्यही हेलिकप्टर अवतरण र पिच भत्केका कारण तिहारपछिका लागि सरेको छ । रक्षामन्त्रीको यो भ्रमणलाई सर्वत्र नकारात्मकरूपमा टिप्पणी गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नेकपाका नेताहरूमा इमानदार, सक्षम र साधारण जीवन यापन गर्ने नेताका रूपमा पहिचान बनाएका संघीय मामला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको विषयमा मंगलबार कान्तिपुरमा प्रकाशित समाचारले पनि धेरैको भ्रम हटाएको छ । सो दैनिकमा अब्दुल्लाह मियाँले लेखेको समाचारअनुसार गएको वर्ष चैत २९ गते आफ्नो सम्पत्ति विवरणमा एउटा पुरानो साइकलमात्र रहेको देखाउने यी नेताको निवासदेखि कार्यालयसम्म अहिले निजी प्रयोगका लागि गाडीको लस्कर राखिएको छ । 

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गर्ने तिनै पण्डितकी अहिले पत्नीदेखि स्वकीय सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराइएको छ । समाचारअनुसार उनको निजी प्रयोगका लागि दुई गाडी एउटा एसयुभी र एउटा कार तैनाथ छन् । त्यसबाहेक उनकी पत्नी विमला महतका लागि मन्त्रालयकै पहिले स्थानीय विकास राज्यमन्त्री चढ्ने गाडी लिइएको छ । उनका स्वकीय सचिवले समेत एउटा टोयोटा हाइलक्स पिकअपको दुरुपयोग गरेको सो समाचारमा जनाइएको छ । सो समाचारमा स्पष्टरूपमा कुन कुन नंबरका सवारी साधन कुन कुन चालकले चलाउँछन् र ककसले त्यसको प्रयोग गरेका छन् सबै लेखिएको छ । 

Global Ime bank

नेता पद्मरत्न तुलाधको निधन
वरिष्ठ मानव अधिकारवादी नेता तथा वामपन्थी बुद्धिजीवी पद्मरत्न तुलाधरको गएको आइतवार कात्तिक १८ गते नर्भिक अस्पतालमा निधन भएको छ । उनी केही दिनदेखि स्नायुको समस्याका कारण अन्नपूर्ण न्युरो अस्पतालमा रहे पनि उनको स्वास्थ्य अवस्था बिग्रेको र किड्नीमा पनि समस्या देखिएपछि नर्भिक अस्पतालमा ल्याइएको थियो । अठहत्तर वर्षीय तुलाधर पञ्चायतकालमा राष्ट्रिय पञ्चायतको सदस्यमा विजयी भएका थिए र उनले सोही सदनमा नै बहुदलीय व्यवस्थाको माग गरेका थिए । विसं २०५१ सालमा मनमोहन अधिकारीको सरकारमा तुलाधर स्वास्थ्यमन्त्री बनेका थिए । 

तुलाधरको अवसानको समाचारलाई सबै पत्रिकाले प्रथम पृष्ठमा स्थान दिएका थिए । त्यसमध्ये नागरिकले चार कोलममा देवेनको स्केचसहित सबैभन्दा बढी महत्त्व दिएको देखियो । त्यसपछि गोरखापत्रले तुलाधरको मृत्युको समाचारलाई धेरै महत्त्व दियो । नयाँ पत्रिका, हिमालय टाइम्सले दुई कोलम दिए भने कान्तिपुरले माथिल्लो एक कोलमको समाचार बनायो । अन्नपूर्ण पोस्टले यो समाचारलाई एन्कर बनायो भने राजधानीले प्रथम पृष्ठको मध्यभागमा प्रकाशित ग¥यो । 

कानुनविद् श्रेष्ठको निधन

वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको ८३ वर्षको उमेरमा बुधबार निधन भएको समाचार कान्तिपुरले प्रथम पृष्ठमा प्रकाशित गरेको छ । श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना गरिएका श्रेष्ठ सर्वोच्च अदालत बारका पहिलो अध्यक्ष थिए भने नेपाल बार एसोसिएसन र नेपाल कानुन समाजको समेत अध्यक्ष रहिसकेका थिए । वि.सं. २०३३ सालमा विश्वेश्वरप्रसाद कोइराला मेलमिलापको नीति लिएर नेपाल फर्केपछि उनलाई राज्यले लगाएको मुद्दामा बहस गर्ने तीन मुख्य वकिलमा पनि श्रेष्ठको विशेष उल्लेख हुन्छ । कोइरालाको मुद्दामा बहस गर्नेमा गणेशराज शर्मा, कृष्णप्रसाद भण्डारी तथा कुसुम श्रेष्ठ थिए । गणेशराज शर्माको पनि केही वर्ष पहिले निधन भइसकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०७५  ०६:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC