राष्ट्रपतिले भाइलाई टीका लगाइदिइन्

राष्ट्रपतिले भाइलाई टीका लगाइदिइन्

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा आफ्ना भाइ डेगेन्द्र पाण्डेलाई सप्तरङ्गी टीका लगाइदिइन्। 

राष्ट्रपति भवन शीतलनिवासमा भएको भाइटीकाको कार्यक्रममा राष्ट्रपति भण्डारीले टीका लगाएर भाइलाई आशीर्वाद दिँदै दुबो, मखमलीयुक्त माला लगाइ कटुस, ओखर र मिठाइ खुवाएर भ्रातृवात्सल्य प्रस्तुत गरे । भाइ डेगेन्द्र पाण्डेले यथाशक्य दक्षिणा प्रदान गरेर उनीसँग आशीर्वाद लिए । 

त्यसअघि राष्ट्रपतिले शास्त्रोक्त विधिपूर्वक दीप, कलश, गणेशका साथै अष्टचिरञ्जीवी र यमयमुनाको पूजा अर्चना गरेकी थिइन् । रासस

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

अफगानिस्तानमा राष्ट्रपतिय निर्वाचन सेप्टेम्बर २८ मा हुने

काबुल । द्वन्द्वग्रस्त अफगानिस्तानमा ढिला गरी राष्ट्रपतिय निर्वाचन हुन लागेको छ ।  राष्ट्रपतिय निर्वाचन आगामी सेप्टेम्बर २८ तारिखका दिन गर्नेगरी बुधबार

मदीरा सेवन आरोपमा पक्राउ परेका पेरूका पूर्व राष्ट्रपति रिहा

सन फ्रान्सिस्को । पेरूका पूर्व राष्ट्रपति अलेजांद्रो तोलेदो को क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले

र्‍यापमा राष्ट्रपतिलाई व्यङ्ग्य–१८ करोडको गाडी चडेर के साह्रो चमत्कार

काठमाडौं । र्‍यापर बरदान बस्नेतले सरकारी ढुकुटीको दुरुपयोग गर्ने विद्यमान सरकारी कार्यशैलीको आलोचना गर्दै र्‍याप सार्वजनिक गरेका छन् । उनले

भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूतले पेश गरे ओहदाको प्रमाणपत्र

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत निलाम्बर आचार्यले बुधबार भारतीय राष्ट्रपति रामनाथ कोविंद समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका