site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

वालिङ । वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणले प्यारालाइसिसबाट पीडित बिरामीलाई ह्विल चेयर प्रदान गर्नुभएको छ । 

नगर प्रमुख खाँणले विगत १४ वर्षदेखि प्यारालाइसिसबाट ग्रसित वालिङ–३ मालागिरिका ७० वर्षीय चेतबहादुर गुरुङलाई ह्विल चेयर प्रदान गरेका हुन्। साविक एलादी गाविसका अध्यक्ष गुरुङले ह्विल चेयर पाएपछि मुस्कुराउँदै भने “मैंले पनि यो जाडोमा त घाम ताप्न पाउने भएँ ।” सधैँ सुतेरै दिन बिताउने गुरुङले ह्विल चेयर प्राप्त गरेसँगै आवश्यकताअनुसार यताउता गर्न पाउने आशा जागेको हो । 

“गुरुङले पञ्चायतकालमा नेतृत्व गर्नुभयो, पूर्व गाविस अध्यक्ष भएर पनि कार्यसम्पादन गर्नुभयो त्यसैले उहाँका सीप तथा अनुभव हाम्रा लागि अनुकरण गर्न योग्य हुन्छन्”, नगर प्रमुख खाँणले भने, “विस्तारामै सुतिरहेको देखेपछि यसका माध्यमबाट भित्र बाहिर गर्न सहयोग पुग्ने ठानेर प्रदान गरेको हुँ ।”नगर प्रमुख खाँंणले गुरुङलाई नगद रु आठ हजारसमेत प्रदान गर्नुभयो । गुरुङका छोरासमेत प्यारालाइसिसबाट ग्रसित भई पोखरामा उपचाररत छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC