site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लहान । केही वर्षअघिसम्म समस्यै समस्यामा थलिएको सिरहाको कर्जन्हा नगरपालिका–९ को दलित बस्ती अहिले भने नमूना बनेको छ । 

गाउँका दलित महिला सङ्गठित रुपमै सामाजिकसँगै आयआर्जनको कार्यमा सक्रिय भएपछि दलित बस्तीको पहिचान नै बदलिएको हो । अरुको कुरा काट्न व्यर्थको समय बिताउँदै आएका दलित बस्तीका महिला सामाजिक सुधार कार्यमा जुटेपछि दलित पुरुषमात्रै होइन अन्य समुदायका महिला र पुरुष पनि उनीहरुलाई सघाउन थालेका छन् । विगतमा घरेलु हिंसा हुँदासमेत चुप लागेर बस्ने ती बस्तीका महिला त्यसविरुद्ध अभियान नै चलाएपछि अहिले घरेलु हिंसासँगै बालविवाहमासमेत उल्लेख्य कमी आएको स्थानीयवासीको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

समग्र विकास सेवा केन्द्र लहानको पहलमा २०७३ साल जेठ महिनामा राम सीता सामाजिक परिवारमा आबद्ध भएका गाउँका दलित महिलाले बस्तीका बालबालिकाका लागि विद्यालय भर्ना अभियान चलाए । यो वर्ष मात्रै २० दलित बालबालिका विद्यालय भर्ना भएको स्थानीय सरिता सदा बताउउँछन् । यसका साथै सामाजिक परिवारकै सदस्यहरुको पहलमा दलित समुदायको २४ जनाले नागरिकता प्राप्त गरेका छन् । 

उमेर पुगेकादेखि ४५ वर्षसम्मका व्यक्तिले विभिन्न कारणले नागरिकता बनाउन सकेका थिएनन् । सामाजिक परिवारको सदस्यसमेत रहेकी सरिता भन्छन् “हामीले सक्रियतापूर्वक पहल गर्दा २४ जनाले नागरिकता प्राप्त गरेका हुन् ।” यस्तै सामाजिक परिवारकै पहलमा दलित बस्तीका नौजना बालबालिकालाई जन्मदर्ता बनाउनाका साथै १० जोडीको विवाह दर्ता गर्नसमेत पहल गरेको सरिताको भनाइ छ । 

Global Ime bank

सामाजिक परिवारकै सहयोगमा गाउँकै चोकमा एउटा चौतारो बनाइएको छ । तत्कालीत गाविस कार्यालयबाट बजेट मागेर बस्तीमै सार्वजनिक भवन बनाइएको स्थानीय जितनी महराको कथन छ । राज्यबाट प्राप्त हुने अधिकारबारे बोल्न नसक्ने व्यक्तिहरु अहिले सामाजिक परिवारकै माध्यमबाट गाउँमा जनचेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालनपछि ती व्यक्ति आफ्ना समस्या निर्धक्क राख्न सक्ने भएका छन् । अहिले दलित समुदायका व्यक्ति आफ्नो कामकाज कार्यालयमा आफैं गएर गर्न र गराउन थालेका छन् । 

ती समुदायका व्यक्ति सामाजिक क्षेत्रमा मात्र होइन आयआर्जनतर्फ पनि अग्रसर भएका छन् । महिलाको सक्रियतामा कृषक समूह गठन गरिएको छ । समूहले जिल्ला कृषि कार्यालयबाट बीउबिजन प्राप्त गरेको छ । जिल्ला पशु कार्यालयबाट गोठ सुधार गर्न सामाजिक परिवारका सात सदस्यले रु १५ हजारका दरले रकम प्राप्त गरेर बाख्रापालन र गाईपालनमा सक्रिय भएका छन् । 

बस्तीका २१ दलित र नौ पिछडा वर्गका गरी ३० सदस्य आबद्ध रहेको रामसीता सामाजिक संस्थाका सदस्यले शुरुमा मासिक रु ५० र अहिले मासिक रु १०० का दरले बचत गर्न थालेको समग्र विकास सेवा केन्द्रकी उत्प्रेरक मञ्जुकुमारी महतो बताउँछन् । सदस्यहरुले मासिक रुपमा गरेको बचत रकम रु ८५ हजार पुगेको छ । उत्प्रेरक महतो भन्छन्, “बचत रकम सामाजिक परिवारकै सदस्यलाई ऋण लगानी गर्ने गरेका छन् ।” दलित महिलामा बचतसँगै ऋण प्रवाहको समेत विकास भएको महतोको बुझाइ छ । 

पछिल्लो समय दलित महिलामा आएको परिवर्तन लोभलाग्दो रहेको बताउँदै स्थानीय अगुवा श्यामकुमार महतोले यहाँको दलित बस्तीका महिलामा आएको चेतनाबाट अन्य ठाउँका महिलाले पाठ सिकेर अघि बढे छिट्टै समाजमा परिवर्तन आउने विश्वास व्यक्त गर्छन्। रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC