site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
किन आउट भएनन् यो हप्ता नेपाल आइडलका कुनै पनि प्रतिस्पर्धी ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल आइडल’ मा अहिले उत्कृष्ठ आठ प्रतिस्पर्धी बाँकी छन् । गाला राउन्डको ११ औं श्रृंखला चलिरहँदा जारी दोस्रो सिजनको २५ औं श्रृंखला सकिएको छ । 

२५ औं श्रृंखलाको प्रस्तुती हेरेर दर्शकले दिएको भोट र निर्णायकका मतका आधारमा २६ औं श्रृंखलाबाट एक जना प्रतिस्पर्धी बाहिरिनु पर्ने हो । २६ औं श्रृंखला आज (शुक्रबार) साँझ प्रशारण हुँदैछ । तर, २५ औं श्रृंखला प्रतिस्पर्धाका लागि नभएर विशेष श्रृंखला भन्दै प्रशारण गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बिहीबार साँझको कार्यक्रममा प्रतिस्पर्धीलाई दीपावलीको अवसर भन्दै निर्णायकले यो हप्ता एलिमेनेट नगरिने बताएका थिए । निर्णायकले दिएको यो उपहार पाएपछि यो हप्ता एलिमेनेट नहुने खुसीमा आठै जना प्रतिस्पर्धी खुसीले नाचेका थिए । यो हप्ता दर्शकले आफूले कुनै पनि प्रतिस्पर्धीलाई भोट गर्नु पर्ने छैन ।

अर्को हप्ताबाट भने नियमित रुपमा कार्यक्रम शुरुचारु हुने बताइएको छ । उत्कृष्ठ आठमा विक्रम बराल, सुमित पाठक, निलिमा थापा, अमित बराल, पवन गिरी, अस्मिता अधिकारी, रवि ओट र कृषल कणेल बाकिँ छन् ।

Global Ime bank

यी मध्ये निलिमा थापा, विक्रम बराल र सुमित पाठक गोल्डेन माइक पाएर सीधै गाला राउण्डमा प्रवेश गरेका प्रतिस्पर्धी हुन् । गोल्डेन माइक पाएका मीनराज पौडेल भने प्रतिस्पर्धाबाट बाहिरिसकेका छन् । 

तस्बिरः एपीवन टेलिभिजन

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १२:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC