Skip Advt.

देश

ज्ञानेन्द्रको बेग्लै साइत, तीनघन्टा अगावै लगाए टीका

ज्ञानेन्द्रको बेग्लै साइत, तीनघन्टा अगावै लगाए टीका

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भाइटीका लगाएका छन् । देशबासीले टीका लगाउने ११ः५५को शुभसाइत कुरिरहँदा शाहले तीन घन्टा अगावै ९ः३० को मंगलसमय पारेर बहिनी शोभाराज्यलक्ष्मी शाहको हातबाट टीका र प्रसाद ग्रहण गरेका हुन् ।

पूर्वराजा ज्ञानेन्द्रले राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले तय गरेको साइतमा टीका ग्रहण गर्दैनन् ।

आफ्नै राजज्योतिष, पुरोहितले जुराएको साइतमा टीका लगाउने हुनाले देशबासीको भन्दा तीन घन्टा लगावै उनको निधारमा सप्तरङ्गी टीका परेको हो ।

तपाईंको मत