काठमाडौं । युट्युब ट्रेन्डिङको एक नम्बरमा चलचित्र ‘धनपति’ आइपुगेको छ । तिहारको छेको पारेर युट्युबमा रिलिज गरिएको चलचित्र युट्युब ट्रेन्डिङको एक नम्बरमा उक्लिएको हो ।
खगेन्द्र लामिछाने र सुरक्षा पन्त मुख्य भूमिकामा रहेको चलचित्र ‘धनपति’ दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हलमा मिश्रृत प्रतिकृया पाएको चलचित्र हो यो ।
हास्य कलाकार जितु नेपाल (मुन्द्रे)ले शुरु गरेको हास्य कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’ युट्युब ट्रेन्डिङमा तीन नम्बरमा आइपुगेको छ । यही हप्ताबाट उनले शुरु गरेको कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को पहिलो शो नै युट्युब ट्रेन्डिङमा तीन नम्बरमा आइपुगेको हो ।
उनले समसामयिक विषयमा तीखो ब्यङ्ग्य गर्नुका साथै अतिथिका रुपमा कलाकार तथा निर्देशक दीपकराज गिरी र दीपाश्री निरौलालाई ल्याएर चलचित्र ‘छक्का पञ्जा–३’का विषयमा कुरा गरेका थिए । उक्त चलचित्रमा जितु स्वयम्ले पनि अभिनय गरेका छन् । चलचित्र ‘छक्का पञ्जा–३’ अहिले पनि प्रदर्शन भइरहेको छ ।