site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
  नेता चियापानमा मस्त, पार्टी सुस्त
Sarbottam CementSarbottam Cement

काठमाडौं । नवीन उत्साह र जोस–जाँगरका साथ एकता भएको नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का उमंग सात महिना नबित्दै सेलाउने तहमा पुगेको छ ।

तीन महिनाभित्र एकता प्रक्रिया निष्कर्षमा पुर्‍याउने नेताहरूले शंखघोष गरे पनि सात महिनामा प्रदेश पदाधिकारी बाँडफाँट सम्ममात्र एकता प्रक्रिया बिस्तार हुँदा नेता–कार्यकर्तामा निराशा उत्पन्न भएको छ ।

गत वर्षको दसैँलगत्तै वामगठबन्धन निर्माण भएकाले चाडपर्वको बीचमा पनि कार्यदलको बैठक, चुनावी तालमेलको खाका तयार पार्न व्यस्त देखिएका थिए । ठूला चाडपर्वले समेत पार्टीको काममा बाधाअड्चन आएको थिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

यसपटक पार्टी एकीकरण नै भए पनि नेताहरूले एकताको जोस–जाँगर देखाउन सकेका छैनन् । एकीकरण प्रक्रिया विस्तारलाई कुनामा थन्क्याएर नेताहरू सामान्य काममा अल्झन थालेकोप्रति पार्टीभित्र असन्तुष्टिले पखेँटा हाल्न थालेको हो ।

ने क पाका चौथो वरियताका नेता झलनाथ खनाल पोलिट्व्युरोको गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, केन्द्रीय निकाय र विभागमा सदस्य एवम् पदाधिकारी नियुक्ति नहुँदा पार्टीको स्फूर्तिपन चिसिँदै गएको स्वीकार्छन् ।

Global Ime bank

“केन्द्रमा मात्रै पार्टी एकता भएको छ, तल भताभुङ्गको अवस्थामा छ । छिट्टै एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ,” उनको भनाइ थियो ।

पछिल्लो समय नेताहरू चियापान, विदेश भ्रमणलगायतका काममा व्यस्त रहेकाले र चाडपर्वमा नेताहरूको दौडधूप रहेकाले कमिटीको मिटिङ, बैठकहरू राख्न नसकिएको उनको भनाइ थियो ।

“केहीदिनअघि पार्टीका अध्यक्ष बिरामी पर्नुभयो । त्यसलगत्तै तिहार, चियापान आदिले नेताहरू जुटाउनै गाह्रो भयो,” उनले भने, “हेडक्वाटरमा रहेका नेता नै नजुट्दा सचिवालयसमेतको बैठक बस्न सकेन ।”

त्यस्तै कात्तिक १२ र १३ गते बस्ने भनिएको स्थायी कमिटीको बैठक पनि बस्न सकेन । दसैँलगत्तै बसेको पार्टी सचिवालयको बैठकले प्रदेश सदस्यहरूको नामावलीलाई अन्तिम रूप दिन र केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्न गृहमन्त्रीसमेत रहेका पार्टी सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेल सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

कार्यदलको बैठक नियमित बसे पनि काम नटुंग्याएकाले स्थायी कमिटीको बैठक सरेको स्थायी कमिटी सदस्य बेदुराम भुसाल बताउँछन् ।

‘बिहे गरेको दिन पो दुलही !’

पार्टी एकताको कोर्ष पूरा नभएकाले कार्यकर्ताको उत्साह सेलाउँदै गएको तर्क गर्छन् पार्टी केन्द्रीय सदस्य सूर्य थापा ।

नेताहरूको व्यस्तता, दौडधूप र सुस्त प्रवृत्तिले एकता प्रक्रिया टुंगोमा पुग्न माघे संक्रान्ति नै पर्खनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय सदस्यहरूको कार्यविभाजन र जिल्ला तहका संरचना तयार नभएकाले एकतालाई फिँजाउन नसकिएको उनको भनाइ थियो ।

त्यस्तै पार्टीको राजनीतिक दस्तावेज समेत तयार नभएको र दस्तावेजको अन्तर्वस्तुमै नेताहरूबीच मतैक्य नरहेको एकताको आवश्यकता र औचित्यका बारेमा आधारभूत तहका कार्यकर्तालाई बुझाउन कठिनाइ आइपरेको उनी बताउँछन् ।

एकता प्रक्रियालाई छिटो निष्कर्षमा नपुर्‍याउँदा पार्टीभित्र असन्तुष्टि पैदा हुनेतर्फ उनले नेतृत्वको ध्यानाकर्षण गराउँछन् ।

“बिहे गरेको दिनमात्रै दुलही हो । भोलिपल्ट बुहारीको भूमिकामा अवतरण हुनुपर्छ । त्यस्तै एकताकै समयमा मात्र जोस जाँगर आउँछ । त्यसले नयाँ ऊर्जा दिन्छ । त्यसलाई लम्ब्याउँदै जाने हो भने कार्यकर्तामा रहेको उत्साह सेलाउँदै जान्छ,” उनको भनाइ थियो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  १०:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC