site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank
काठमाडौं ।
डा. गोविन्द केसीका माग पूरा हुनुपर्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गर्न पुगेको बेला पक्राउ गरिएका चिकित्सक तथा विद्यार्थीहरुले प्रहरी हिरासतमै अनशन सुरु गरेका छन् । हिरासतमा रहेका १० जनाले नै केसीको माग पूरा हुनुपर्ने भन्दै प्रहरी हिरासतमै अनशन बसको केसीका समर्थक विक्रम ओलीले बताए । 
यसअघि पक्राउ गरिएका चिकित्सक तथा विद्यार्थीहरूलाई प्रहरीले ‘माथिको आदेश’ भन्दै मानवअधिकारवादीहरूलाई पनि भेट गर्न दिएको थिएन । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको छ । क्लबमा पुगेकाअधिकारवादीलाई माथिको आदेश भन्दै भेट्न नदिइएपछि क्लबबाहिर नाराबाजी भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगाल घेराउ गर्न पुगेका चिकित्सकसहित केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरी नेपाल पुलिस क्लबमा राखेको छ । पक्राउ गरिएकाहरूलाई आन्दोलनमा किन गएको ? भन्दै सोधपुछ गरेकोे पक्राउ परेका केसीका समर्थक ओलीले जानकारी दिए । 
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC