site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । अमेरिकाको क्यालिफोर्निया राज्यको एउटा बारमा बुधवार राति अन्धाधुन्ध गोली चलाएर १२ जनाको हत्या गर्ने व्यक्ति पूर्व सैनिक भएको प्रहरीहरूले जनाएका छन् । द वासिङटन पोस्टको अनलाइन संस्करणमा बिहीवार जनाइएअनुसार स्थानीय प्रहरीले २८ वर्षीय पूर्वसैनिक इआन डेविड लङले गोली चलाएको बताएको छ ।

गोली प्रहारको उद्देश्य भने अझै थाहा हुन सकेको छैन । घटनामा एक जना प्रहरी अधिकृतका साथै लङ पनि मारिएका थिए । लङले आफैँलाई गोली हानी मारेको सन्देह गरिएको छ ।

केही महिना पहिले प्रहरीसँग झडप भएपछि लङको मानसिक अवस्थाको परीक्षण गरिएको र मनोचिकित्सकले उनको अवस्था ठीक रहेको बताएको पनि समाचारमा उल्लेख छ । 
एक वर्ष पहिले ५८ जना मारिएको लास भेगास गोलीकाण्डको घटनामा उपस्थित केही सहभागी बुधवार पनि नाचगानमा सामेल रहेको प्रहरीले जनाएको छ । दुवै गोलीकाण्डमो कुनै सूत्र जोडिएको छ कि भनेर प्रहरीले छानबिन गर्दैरहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC