site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

जुम्ला । दुर्घटनाबाट क्षतिग्रस्त तारा एयरले जहाज मर्मत गरेर झण्डै पाँच महिनापछि उडान भरेको छ । 

गत जेठ २६ गते जुम्ला विमानस्थलमा अवतरणका क्रममा टायर पञ्चर भएर तारा एयरको जहाज दुर्घटना भएको थियो । आवश्यक मर्मतपछि सो जहाज बिहीबार काठमाडौँका लागि उडान भरेको छ । तारा एयरलाइन्सको ९ एन एइभी कलसाइन भएको जहाज दुर्घटना भएपछि जुम्ला विमानस्थलमा पार्किङ गरेर राखिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

नागरिक उड्डयन प्राधिकरण जुम्लाका प्रमुख कैलाश शर्माले विमानस्थलको धावन मार्गमा परीक्षण गरेपछि काठमाडौँका लागि जहाजले उडान गरेको बताए ।  

जहाजलाई क्याप्टेन प्रभाकर घिमिरे र अर्का क्याप्टेन आइआर जोशीले उडान गरेका छन् उनले भने । जहाज मर्मतका लागि एक महिनादेखि क्यानडा, स्विट्जरल्याण्डका प्राविधिक जुम्लामै आएर मर्मत गरेका थिए । प्रमुख शर्माले भने, “जहाज उडाउनुभन्दा अघि जहाजको अवस्थाका बारेमा परीक्षण भएको थियो, इन्जिनियर र क्याप्टेनको टोलीले जहाज उडान भर्न योग्य देखेपछि काठमाडौँका लागि उडान गरिएको हो ।” 

Global Ime bank

गत जेठ २६ गते क्याप्टेन जेके निरौला र कोपाइलट हिम्मत रोकायाले उडाएको जहाज जुम्ला विमानस्थलमा अवतरण गराउँदा टायर पञ्चर भएपछि दुर्घटना भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  २१:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC