site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

ढाका । बङ्गलादेशले आगामी डिसेम्बर २३ मा संसदीय निर्वाचन गर्ने भएको यहाँका अधिकारीले जनाएका छन् । 
सरकार र विपक्षीबीच संसदीय निर्वाचनको मिति तोक्ने तथा यसको निष्पक्षताका बिषयलाई लिएर शङ्का उपशङ्का चलिरहेका समय निर्वाचन आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको हो । 

बङ्गलादेशका प्रमुख निर्वाचन आयुक्त नुरूल हुडाले राष्ट्रिय टेलिभिजनमार्फत दिएको जानकारीमा निर्वाचनलाई स्वच्छ तथा मर्यादित बनाउन निर्वाचन आयोगले सम्पूर्ण तयारी गरिसकेको छ । 
निर्वाचन आयोगको निर्वाचन मिति घोषणाप्रति प्रतिपक्षी दलले असन्तुष्टि प्रकट गरेको छ । उसले निर्वाचनलाई प्रजातान्त्रिक मूल्यमान्यता अनुसार गराउन सत्तापक्षबाट समस्या हुनसक्ने आशङ्का व्यक्त गर्दै प्रतिपक्षी समूहरूले विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको छ । 

मतदान सन् २०१८ को डिसेम्बर आइतबारका दिनमा नै हुनेछ, हुडाले बताउनुभयो । उहाँले निर्वाचनमा सहभागिता हुनका लागि आगामी नोभेम्बर १९ मा उम्मेदवारी दर्ता गरिने जानकारी गराए । 
 
सरकारले उपचारका लागि स्वीकृति दिएपछि आफ्नो स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना भएकी प्रतिपक्षी नेत्री खालिदा जियालाई पुनः जेल पठाइएको छ । सशक्त प्रतिपक्षी नेत्री जियालाई जेलमा राखेर हुने निर्वाचन स्वच्छ हुनेमा प्रतिपक्षीले आशङ्का व्यक्त गरेको हो । रासस\\एएफपी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  २२:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC