site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

घोराही । बजारको माग बढेसँगै जिल्लामा चाउमिन उद्योगको सङ्ख्या बढ्न् थालेको छ । पहिले पहिले नेपालगञ्ज र बुटवलबाट ल्याउनुपर्ने चाउमिन अहिले दाङकै बजारमा पाइन थालेको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार जिल्लामा चाउमिन उद्योग दर्ता गर्ने क्रम बढेको छ । चाउमिनबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि यहाँका व्यवसायी चाउमिन उद्योग सञ्चालनतर्फ आर्कषित भएका हुन् । न्यून लगानीमा चाउमिन उद्योग सञ्चालन गर्न सकिने हुँदा व्यवसायी यसतर्फ आर्कषित भएका हुन् । व्यवसायीले रु दुई लाखदेखि रु १५ लाखसम्म लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका छन् । 

जिल्लाका १० स्थानीय तहमध्ये घोराही, लमही र तुलसीपुरमा चाउमिन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । उद्योगले चाउमिनको लागि आवश्यक पर्ने सस, मसला, चुकलगायत उत्पादन गरिरहेका छन् । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत उमबहादुर वलीका अनुसार घोराहीमा ११, तुलसीपुरमा ६ तथा लमहीमा नौ चाउमिन उद्योग सञ्चालनमा छन् । ती उद्योगमा रु ८३ लाख लागनी गरिएको छ । उद्योगले वार्षिक रु एक करोड ४७ लाख बराबरको चाउमिन बजारमा बिक्री गरिरहेका छन् । चाउमिन उद्योगबाट ८२ जनाले रोजगारी पाएका छन् । जिल्लामा उत्पादित चाउमिन रोल्पा, प्युठान, सल्यान, रुकुम, कपिलवस्तु, अर्घाखाँचीलगायत जिल्लामा बिक्री भइरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०७५  ०१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC