Skip Advt.

अर्थ व्यवसाय

अटोलोनमा राष्ट्र बैंकको फेरि कडाई, ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने

अटोलोनमा राष्ट्र बैंकको फेरि कडाई, ५० प्रतिशत डाउनपेमेन्ट गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सवारी साधान खरिदमा पुनः कडाइ गरेको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै सवारी साधनको ऋण लगानीमा फेरी अंकुस लगाएको हो ।

राष्ट्र बैंकको नयाँ निर्देशनसँगै अब बैंक तथा वित्तीय संस्थाले सवारी खरिदमा मूल्यको ५० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाउने छन् । यसअघि निजी सवारी खरिदकर्ता सर्वसाधारणले ६५ प्रतिशतसम्म अटोलोन पाउँदै आएका थिए ।

यसको अर्थ अबदेखि खरिदकर्ताले सवारिसाधन किन्दा ५० प्रतिशत अर्थात् ३० लाख पर्ने सवारीको १५ लाख रुपैयाँ तत्काल बुझाउनुपर्ने हुन्छ ।

राष्ट्र बैंकले दोस्रोपटक सवारी कर्जामा अंकुश लगाएको हो । यसअघि २०७४–७५ को मौद्रिक नीतिले अटोलोनको सीमा ५० प्रतिशत कायम गरिएको थियो । उक्त अंकुश ६ महिना मात्र कायम भएको थियो ।

राष्ट्र बैंकले उक्त समय सवारी कर्जामा अत्याधिक लगानी हुन थालेपछि डाउनपेमेन्ट ५० प्रतिशतमा झारेको थियो । तर, त्यसलाई बढाएर ६५ प्रतिशतमा कायम गरिएको थियो ।
अटोलोनमा कडाई गरेपछि सवारी साधानको बिक्री घट्ने र राजस्व पनि प्रभावित हुने व्यवसायीले बताएका छन् ।
 

तपाईंको मत