site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राजपालाई महाधिवेशनकै चटारो, संविधान संशोधनको ‘मुद्दा’ अलपत्र
Ghorahi CementGhorahi Cement

काठमाडौं । संविधान संशोधन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको राष्ट्रिय जनता पार्टी महाधिवेशनसम्म चुप लाग्ने भएको छ ।

आगामी वैशाख ७–९ सम्म आयोजना हुन लागेको महाधिवेशनलाई पार्टीको शक्ति केन्द्रित भएको र महाधिवेशन लक्षित कार्यक्रम गर्नुपरेकाले संविधान संशोधनबारे बहस सिर्जना गर्न नभ्याइएको राजपाका नेताहरू बताउँछन् ।

Agni Group

“सरकारले संविधान संशोधनमा तदारूकता देखाउन सकेको छैन । यसबीचमा ठूला चाडपर्वहरू पनि आए । जनता फेस्टिबलको मुडमा भएको त्यसबारे बहस गर्न सकिएको छैन,” राजपाका महासचिव मनिषकुमार सुमनले बाह्रखरीसँग भने ।

“अहिले संविधान संशोधनबारे कुनै नयाँ प्रगति भएको छैन । सरकारलाई दिएको समर्थन फिर्ता लिने, नलिनेबारे पनि पार्टीमा बहस, छलफल गर्न पाइएको छैन,” उनको भनाइ थियो ।

Global Ime bank

उनले अहिले पार्टीका सम्पूर्ण शक्ति महाधिवेशन सम्पन्न गर्न र नयाँ उर्जा आर्जन गर्न केन्द्रित रहेकाले वैशाख यता संविधान संशोधनको मुद्दा ज्यादै पेचिलो नबन्ने बताउँछन् ।

“पहिलो पार्टी आफैँ बलियो र तागतवान् हुनुप¥यो, तबमात्र सरकारसँग पौंठेजोरी खेल्न सकिन्छ । अतः हाम्रो ध्यान महाधिवेशनतर्फ छ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC