site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
वीरमा एक वर्षमा चार लाखभन्दा बढी बिरामीको उपचार 
Ghorahi CementGhorahi Cement

काठमाडौं । देशकै सबैभन्दा जेठो वीर अस्पतालमा एक वर्षमा चार लाखभनदा बढी बिरामीले उपचार सेवा प्राप्त गरेका छन् । अस्पतालको पछिल्लो तथ्याङ्का अनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा कूल ४ लाख १ हजार २ सय ११ जना विभिन्न रोगका बिरामीले उपचार सेवा प्राप्त गरेका हुन् । बिरामीको यो संख्या अघिल्लो वर्ष वीरमा उपचारको लागि आउनेभन्दा १७ हजार ५ सय २८ बढी हो । 

गत आर्थिक वर्ष २०७४–०७५ मा वीर अस्पतालले ओपिडी तर्फ ३ लाख ५४ हजार १ सय १९ र ईमर्जेन्सी तर्फ ४७ हजार ९२ जना बिरामीहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराएको थियो । उक्त वर्ष उपचारको लागि आएका मध्ये १२ हजार ७ सय २६ जना गरिब असहाय बिरामीहरुलाई अस्पतालले निःशुल्क उपचार सेवा उपलब्ध गरेको वीरको तथ्याङ्कले देखाउँछ । औसतमा दैनिक १ हजार १ सय बिरामीले वीरबाट स्वास्थ्य सेवा लिने गरेका छन् ।  

Agni Group

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७३–०७४ मा कूल ३ लाख ८३ हजार ६ सय ८३ जना बिरामीले वीर अस्पतालबाट स्वास्थ्य सेवा प्राप्त गरेका थिए । यीमध्ये ओपिडी तर्फ ३ लाख ४३ हजार ४ सय ४३ जना र ईमर्जेन्सी तर्फ ४० हजार २ सय ४० जना विभिन्न रोगका बिरामीले अस्पतालबाट सेवा लिएका थिए । यो वर्ष आर्थिक वर्ष २०७२–०७३ को तुलनामा स्वास्थ्य सेवा लिन ७३ हजार ५ सय ७७बढी बिरामी अस्पताल पुगेका थिए । 

यस्तै, आर्थिक वर्ष २०७२–०७३ मा कूल ३ लाख १ हजार १ सय ६ जना बिरामीले वीर अस्पतालबाट स्वास्थ्य सेवा प्राप्त गरेको देखिन्छ । उक्त वर्ष ओपिडि तर्फ २ लाख ७८ हजार ८२ जना र ईमर्जेन्सी तर्फ ३२ हजार २४ जना बिरामीले स्वास्थ्य सेवा लिएका थिए । 

Global Ime bank

आम जनतालाई आधारभूत तथा विशिष्टकृत स्वास्थ्य सेवा उपलब्ध गराउन र स्वास्थ्य क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले वि.सं १९४७ सालमा वीर अस्पतालको स्थापना गरिएको थियो । हाल यो अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ अन्तर्गत चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा परिणत भई सेवा प्रदान गरिरहेको छ । ७ वटा शैय्या र पाँच जना स्टाफबाट सुरु गरिएको यो अस्पतालमा अहिले ४ सय ६० भन्दा बढी शैय्या र ६ सय ७९ बढी स्टाफ रहेका छन् । यसमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र राष्ट्रिय ट्रमा सेन्टरमा रहेको दरबन्दी जोडिएको छैन । वीरमा अहिले वार्षिक५ हजारभन्दा बढी अप्रेसन हुने गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  ०७:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC