site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

लक्ष्मीलाई समृद्धिकी देवी मान्छन् पूजा गर्नेहरू ! लक्ष्मीको पूजा नगर्नेहरू पनि तिहारलाई ज्योतिको पर्वका रूपमा मनाउँछन् । काग, कुकुर, गाई, गोरु र भाइको पूजा गर्ने चलन यम पञ्चकका पाँच दिनसम्म । नेवारहरूले आत्म (ह्म) पूजा पनि गर्छन् । तिहार मनाउने क्रममा धेरैले बुधवार लक्ष्मीको पूजा गरियो । लक्ष्मी पूजाको दिन नेपालीहरूका लागि अर्को विशेष पर्व पनि हो । यही दिन लक्ष्मीप्रसाद देवकोटाको पनि जन्म भएको थियो । नेपाली समाजले भने बाँचुन्जेलमात्र हैन मरेपछि पनि उनको कदर गर्न सकेन । नत्र, लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको जन्मजयन्ति निकै धुमधामसँग राज्यले नै मनाउनु पर्थ्यो ।      

लेखनाथ पौड्यालले ‘नैतिक दृष्टान्त’ शीर्षकको कवितामा लेखेका छन् : ’’गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी । कौडीमा तक मिल्कन्छ भिल्लका देशमा मणि ।। ’’ महाकवि देवकोटाप्रति नेपाली समाज र राज्यको व्यवहारको चित्रण यी पंक्तिहरूमा भएको छ । यद्यपि, कविशिरोमणी पौड्यालले महाकवि देवकोटालाई लक्षित गरेर यी पंक्ति लेखेका भने हैनन् । साहित्यमा संसारका सामु प्रस्तु्त गर्न सकिने प्रतिभा नेपालमा अत्यन्त थोरै छन् । तिनमा एक जनामात्र छान्नु परे निर्विवाद लक्ष्मीप्रसाद देवकोटा छानिन्छन् । त्यसमा पनि स्वच्छन्दतावादी (रोमाटिक) धाराका कविमा त देवकोटा विश्वप्रतिभा नै हुन् भन्न हिचकिचाउनु पर्दैन । महापण्डित राहुल सांस्कृत्यायनले उनलाई त्यसै ‘पन्त, प्रसाद, निराला’को समन्वित रूप भनेका हैनन् । साहित्यका अध्येता भन्छन् – कल्पनाको उडान र भाव समायोजनमा देवकोटालाई उछिन्ने प्रतिभा विश्वमै सायद अर्को छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री केपी शर्मा ओलीको नामबाट सामाजिक सञ्जालमा लेखिएको सन्देशले भने अलिकति उत्साह जगाएको छ । सन्देशमा लेखिएको छ – ‘‘महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवासलाई परिवारसँगको परामर्शमा उपयुक्त मूल्य तय गरी सरकारले खरिद गर्नेछ र त्यसलाई देवकोटा स्मृति संग्रहालयका रूपमा स्थापित गरिनेछ । उहाँजस्तो विश्वस्तरीय नेपाली साहित्यकारको जीवनसँग जोडिएका तथ्य र सामग्री संग्रहित हुनेछन् । ’’ यस महान् सोच र प्रतिबद्धताबाट प्रधानमन्त्री ओली धन्यवादका पात्र भएका छन् । प्रधानमन्त्री ओलीको यो घोषणा यथाशीघ्र कार्यान्वयन होस् । विकासे गफ साबित नहोस् । अझ महाकवि देवकोटाका कृतिहरूको अध्ययन, अनुसन्धान, खोज, प्रकाशन र अनुवादसमेत गर्ने गरी राज्यबाटै स्वायत्त प्रतिष्ठान गठन होस् र देवकोटा संग्रहालय त्यसैमा आबद्ध गरियोस् । त्यतिमात्रै पनि भयो भने महाकवि देवकोटाका यी पंक्तिहरू अतीतकै चित्रणमात्र हुनपुग्नेछन् । अहिले त यिनले नेपाली समाजको यथार्थ चित्रण गरेका छन् । शाकुन्तल महाकाव्यको प्रथम सर्गको एउटा श्लोक :  

’’बिर्सेका पुरुखा रुखा हृदयका सुख्खा झिना सन्तति
हामी दुर्बल रुग्ण खाडल खनी हाल्दा सबै सम्पति
फालेका कलिकालकल्मष बली गर्दा सधैँ खल्बली
श्रद्धा भक्तिविहीन भै मुटु जली लाग्यौँ नि ! जानै ढली ’’

(शाकुन्तल महाकाव्य १. ४) 

Global Ime bank

सबै नेपालीकाे सुख र समृद्धिका लागि तिहारको हार्दिक शुभकामना !


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०७५  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC