site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महाकविको जन्मजयन्तीमा कविता वाचन
Sarbottam CementSarbottam Cement

काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११०औं जन्मजयन्तीको अवसर पारेर चावहिलस्थित वीरेन्द्र पुस्तकालयले विशेष कविता वाचन कार्यक्रमको आयोजन गर्यो । बुधबार चावहिल पिङ्ल बिहारमा आयोजित विशेष कार्यक्रममा प्रमुख अतिथि कवि तथा गीतकार एसपी कोइरालाले वीरेन्द्र पुस्तकालयको आयोजन प्रशंसनीय रहेको उल्लेख गर्दै आफ्नो कविता वाचन गरे ।

कार्यक्रमका अर्का अतिथि सांसद गगन थापाले चावहिल क्षेत्रको सांस्कृतिक र पौराणिक परिचयको संरक्षण तथा सम्वद्र्धनमा सबै समूदाय जुट्नु पर्नेमा जोड दिए । गगनले जिज्ञासु कुलुङ्गले संसदमा पढिदिन दिएको कविता संसदमा समय अभाव भएकोले पढ्न नसकेको भन्दै सो कार्यक्रममा वाचन गरे । बलात्कारका विषयमा लेखिएको सो कविताले सबैलाई भावुक बनाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा सांसद नरोत्तम बैद्य, गजलकार ज्ञानुवाकर पौडेल, लोकेश ढकाल, वडा अध्यक्ष शुद्धकुमार डंगोलले बोलेका थिए ।

वीरेन्द्र पुस्तकालयका अध्यक्ष रुपेश केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा रवि प्राञ्जल, आशीष पन्त, सुमन वर्षा, नर्वदा पोखरेल, महेश्वर  खनाल, दुर्गा धमला, कणाद महर्षी, सुभेक्षा उपाध्याय, प्रद्युम्न जोशी, हर्षिता संगत, विकु लामा, चित्र भट्टराई, देवराज सापकोटा, डा. नवराज कट्टेल, मिलन गडतौला, धनवन्तरी मिश्र, नुरनारायण श्रेष्ठलगायत २८ जना कविहरुले कविता वाचन गरेका थिए ।
  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC