Skip Advt.

साहित्य र कला

काठमाडौमा पाल्पालीहरुको मौलिक देउसी भैलो 

काठमाडौमा पाल्पालीहरुको मौलिक देउसी भैलो 

काठमाडौं । काठमाडौमा बस्दै आएका पाल्पालीहरुले एकै ठाउँमा जम्मा भएर मौलिक देउसी भैलो खेलेका छन् ।  काठमाडौको शंखमुलस्थित रानीमहल होटलमा जम्मा भएका पाल्पालीहरुले शुभकामना आदान प्रदानसँगै देउसी भैलो खेल्ने कार्यक्रम गरेका हुन् । 
कार्यक्रममा बरिष्ठ कलाकारहरु लोकदोहरी गित प्रतिष्ठानका पुर्वअध्यक्षद्धय दुर्गा रायमाझी र चन्द्र शर्मा, महासचिव सुवास केसी कलाकारहरु अमृत अधिकारी, श्रीकृष्ण भण्डारी, श्रीदेवी देवकोटा, कल्पना रेग्मीलगायतले मौलिक देउसी भैलो गाउदै सहभागीहरुलाई नचाएका थिए ।   
देउसी भैलोको गीतमार्फत पाल्पाको कला संस्कृति तथा पर्यटकिय क्षेत्रहरुको प्रचार गरिएको कार्यक्रममा पाल्पाली परिकार चुकाउनी पनि वितरण गरिएको थियो ।  नेपाली काँग्रेस पाल्पा काठमाडौ सम्पर्क समितिद्धारा आयोजित कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य हरि नेपाल, पाल्पाको रामपुर नगरपालिकाका प्रमुख रमण थापा, महासमिति सदस्यद्धय विजयराज घिमिरे र दानबहादुर पछाईलगायतका नेताहरु पनि सहभागी थिए ।
 


तपाईंको मत