site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मैथिली चलचित्र ‘प्रेमक बसात’ रिलिज 
Sarbottam CementSarbottam Cement

काठमाडौं । मैथिली चलचित्र ‘प्रेमक बसात’ रिलिज भएको छ । तिहारको छेको पारेर कात्तिक १६ गते रिलिज भएको मैथिली चलचित्र ‘प्रेमक बसात’ले मिथिला क्षेत्रका दर्शक पाएको छ । कमै मात्रै निर्माण हुने गरेको मैथिली चलचित्र अन्तर्गत ‘प्रेमक बसात’ले यसको प्रमोशनको लागि निकै दौडधुप गरेको थियो ।  

नेपाल लगायत भारतका विहारमा यस चलचित्रले प्रचारमा निकै लगानी गरेको छ । यो चलचित्रको प्रचारको शैली र प्रमोशनले मैथिली चलचित्र बल्ल प्रोफेसन हुन लागेको छनकसमेत दिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्रका लेखक तथा निर्देशक रुपक शररले यसको कथा, पटकथा तथा गीतसंगीतले दर्शकको मन जितेको दावब गरेका छन् ।

यद्यपि कथा भन्ने शैली प्रभावकारी नभएको र कलकारको अभियनलाई सटिक ढंगले उपयोग नगरिएको चलचित्र  समीक्षकहरुको भनाइ छ । कम बन्ने र लामो अन्तरालपछि बन्ने भएर पनि मैथिली चलचित्रले राम्रो दर्शक पाएको उनीहरुको भनाइ छ ।

Global Ime bank

नेपालका मिथिला क्षेत्र जनकपुर, विरगंजलगायतमा चलचित्र प्रदर्शन भइरहेको छ भने भारतमासमेत प्रर्दशन जारी रहेको छ ।

चलचित्रमा मुख्य भूमिकामा नेपालका मोडेल पीयूष कर्ण र कोलकाताकी चर्चित अभिनेत्री रैना बैनर्जी रहेका छन् भने पहिलो पटक बलिउडका चर्चित गायक उदित नाराणका छोरा आदित्य नारायणले मैथिली फिल्ममा गीत गाएका छन् । गायनमा उनलाई तोची रैनाले साथ दिएकी छन् । संगीतमा मिथिलाका चर्चित संगीतकार प्रवेश मल्लिक, सरोज सुमन तथा एस कुमार रहेका छन् । गीत अयोध्यानाथ चौधरी, शेखर अस्तित्व र सारिका कुमारले लेखेका छन् । चलचित्र वेदांत झाले निर्माण गरेका हुन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC