Skip Advt.

साहित्य र कला

साहित्यकार सम्मानित

भद्रपुर । लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा देवकोटा स्मारक संरक्षण समिति भद्रपुरले मनोरथ स्मृति काव्य कृति पुरस्कारबाट आज साहित्यकार होम सुवेदीलाई सम्मान गरेको छ । 

यसै वर्षदेखि शुरु गरिएको सो पुरस्कारको राशी नगद रु २० हजार र सम्मानपत्र रहेको छ । 

त्यसैगरी समितिले प्रत्येक वर्ष साहित्यिक स्रष्टालाई सम्मान गर्दै आएको छ । सो सम्मानबाट साहित्यकार विरही अधिकारी सम्मानित भएका छन् । उनलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको छ । 

यसअघि सामुदायिक मुना भवन देवकोटा चोक भद्रपुर–९ स्थित रहेको देवकोटाको शालिकमा वरिष्ठ साहित्यकार तथा भाषाविद् चूँडामणि रेग्मी, तारा विविध, पूर्वन्यायाधीश नन्दप्रसाद पौडेल, विराटनगर महानगरपालिकाका कार्यकारी अधिकृत कुमार दाहाललगायतले माल्यार्पण गरेका थिए ।  

कार्यक्रममा भद्रपुर–९ बाट एसइई परीक्षामा उत्कृष्ट नजिता ल्याउन सफल अर्पण थापा र आशिष ढकाललाई जनही रु रु तीन हजार ५०० प्रदान गरियो । 

समितिका अध्यक्ष शम्भु ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाल कविता प्रतियोगितासमेत गरिएको थियो । रासस

तपाईंको मत