site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेसिबिनाको बार्सिलोना नकआउट चरणमा
Ghorahi CementGhorahi Cement

लन्डन । सान सिएरोमा नाटकीय रुपमा सम्पन्न खेलमा इन्टर मिलानसँग १–१ को बराबरीमा रोकिए पनि स्पेनिस च्याम्पियन बार्सिलोना दुई खेल बाँकी रहँदै च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । 

अर्जेन्टिनी सुपरस्टार लियोनेल मेसीको अनुपस्थितिमा बार्सिलोनाले खेल सकिन सात मिनेट बाँकी रहँदा अग्रता लिएको थियो । बैकल्पिक खेलाडी माल्कोमले मैदान प्रवेश गरेको केही बेरमै गोल गरेर स्पेनिस च्याम्पियनलाई अघि बढाएका थिए । तर माउरो इकार्डीले बार्सिलोनाको पेनाल्टी बक्सभित्रबाट गोल गरेपछि ८७औं मिनेटमा इन्टरले खेल बराबरीमा ल्यायो  ।

बराबरीपछि बार्सिलोना चार खेलबाट १० अंक जोड्दै समूह ‘बी’बाट अघिल्लो चरण पुग्दा इन्टर ६ अंकका साथ दोस्रो स्थानमा कायम छ । टोटेनह्याम भने ३ अंकका साथ अघिल्लो चरण पुग्ने आशा जोगाउन सफल भयो । 

Agni Group

इङल्यान्डका कप्तान ह्यारी केनले दुई गोल गरेपछि टोटेनह्यामले मंगलबार राति सुरुमा गोल खानाका बावजुद पिएसभी आइन्डहोभनमाथि २–१ को जित निकाल्दै प्रतियोगिताबाट बाहिरिने खतरा तत्कालका लागि टारेको थियो । डी जोङको गोलमा भ्रमणकारी आइन्डहोभनले दोस्रो मिनेटमै अग्रता लिएको थियो । तर प्रतियोगितामा टिकिरहनका लागि जित अपरिहार्य रहेको टोटेनह्यामका लागि केनले ७८ र ८९औं मिनेटमा दुई गोल गरे । 

इङलिस प्रिमियर लिगको सनसनीपूर्ण टोली लिभरपुलले भने समूह ‘सी’ को खेलमा रेडस्टार बेलग्रेडसँग २–०को स्तब्धतापूर्ण पराजय भोग्यो । मिलान पाभ्कोभले पहिलो हाफमै दुई गोल गरेपछि आफ्नो टिम लयमा फर्किन नसकेको लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले बताए । पाभकोभले २२ र २९औं मिनेटमा बेलग्रेडका लागि गोल गरेका थिए । 

Global Ime bank

समूहको अर्को खेलमा फ्रान्सेली प्रतिद्वन्द्वी पेरिस सेन्ट जर्मन (पिएसजी)सँग १–१ को बराबरी नतिजा निकाल्दै नेपोली शीर्ष स्थानमा फर्किएको छ । हुँवा बर्नाटको गोलमा पिएसजीले पहिलो हाफको इन्जुरी समयमा अग्रता लिए पनि घरेलु टोली नेपोलीका लागि लोरेन्जो इन्सिग्नेले ६३औं मिनेटमा बराबरी गोल गरेका थिए । नेपोली ६ अंकका साथ शीर्ष स्थानमा उक्लिँदा समान अंक भए पनि लिभरपुल गोलअन्तरमा पछि रहँदै दोस्रो स्थानमा छ । यसैगरी पिएसजी ५ अंकका साथ तेस्रो तथा बेलग्रेड ४ अंकका साथ पुछारमा छ । 

समूह ‘ए’मा एट्लेटिको मड्रिडले गत महिना बोरुसिया डर्टमन्डसँग भोगेको हारको बदला लिँएको छ । साउल निग्विज र एन्टोनी ग्रिजम्यानको गोलमा २–० को जित हासिल गरेपछि एट्लेटिको अंकतालिकाको शीर्ष टोली डर्टन्डसँग अंक बराबरी गर्न सफल भएको छ । दुवै टोलीको समान ९ अंक भए पनि डर्टमन्ड गोलअन्तरमा अगाडि छ । 

समूहको अर्को खेलमा क्लब ब्रुगेले मोनाकोलाई ४–० को नतिजामा स्तब्ध पारेको छ । क्लब ब्रुगेको खातामा ४ अंक छ भने मोनाको १ अंकका साथ पुछारमा छ । 

त्यस्तै युरोपियन च्याम्पियन्स लिगमा मंगलबार राती नै सम्पन्न समूह ‘डी’को खेलमा एफसी पोर्टोले लोकोमोटिभ मस्कोलाई ४–१ तथा साल्केले गालाटासरेलाई २–० को नतिजामा पराजित गरेका छन् । चार खेलमा १० अंक जोडेको पोर्टो नकआउट चरण पुग्ने पक्का जस्तै हुँदा ८ अंकका साथ साल्के समूहको दोस्रो स्थानमा छ । यसैगरी गालाटासरे ४ अंकका साथ तेस्रो स्थानमा रहँदा अंकको खाता खोल्न नसकेको लोकोमोटिभ मस्को भने प्रतियोगिताबाट बाहिरिएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०७५  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC