site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
टेस्ट शृंखलामा जिम्बाब्वेको १–० को अग्रता
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि जिम्बाब्वेले मंगलबार बंगलादेशलाई १ सय ५१ रनले हराउँदै दुई खेलको टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ । जिम्बाब्वेले पराई भूमिमा टेस्ट जितेको यो १७ वर्षपछि पहिलो हो ।
३ सय २१ रनको लक्ष्य पछ्याएको बंगलादेशले चौथो दिनमा १ सय ६९ रन बनाउँदा सबै विकेट गुमायो । यसअघि २००१ नोभेम्बरमा पनि जिम्बाब्वेले बंगलादेशविरुद्धको दोस्रो टेस्ट ८ विकेटले जितेको थियो । त्यतिबेला पहिलो टेस्ट बराबरी भएको थियो । 
बंगलादेशलाई चौथो दिनमै अलआउट गर्नेक्रममा जिम्बाब्वेका ब्रेन्डोन मभुटाले ४ विकेट लिए । सिकन्दर राजाले महत्वपूर्ण तिन विकेट लिँदा वेलिङटन मासाकाड्जाले २ तथा केली जर्भिसले १ विकेट लिए । 
दोस्रो इनिङमा बंगलादेशका इमरुल कायसले सबैभन्दा धेरै ४३ रन बनाए । कायसले पहिलो इनिङमा ५ रन मात्र जोडेका थिए । अरिफुल हकले ३८ र ओपनर लिटोन दासले २३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । बंगलादेशका महमुदुल्लाहले १६ तथा  नाजमुल होसेन सान्टो र मुसफिकर रहिमले समान १३ रनको स्कोर बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पहिलो इनिङमा पनि बंगलादेशका ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् । अरिफुलले ४१, मुसफिकर रहिमले ३१, मेहिदी हसन मिराजले २१ तथा मोमिनुल हकले ११ रन जोड्नु बाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन । 
पहिलो इनिङमा जिम्बावेका सिकन्दर राजा र टेन्डाई चटराले समान ३ विकेट लिए । जर्भिसले २ तथा सेन विलियम्सले १ विकेट लिएका थिए ।
तीन ब्याट्सम्यानले अर्धशतक बनाएपछि भ्रमणकारी जिम्बाब्वेले पहिलो इनिङमा २ सय ८२ रन बनाएको थियो । जिम्बाब्वेका कप्तान ह्यामिल्टन मासाकाड्जाले ५२, सेन विलियम्सले ८८ रन बनाउँदा पिटर मुरले अविजित ६३ रन जोडेका थिए । पहिलो इनिङमा बंगलादेशका तैजुल इस्लामले ६ विकेट लिएका थिए । नाजमुल इस्लामले २ तथा अबु जायद र महमुदुल्लाहले १–१ विकेट आफ्नो नाममा लेखाएका थिए ।
दोस्रो इनिङमा जिम्बाब्वेका कप्तान मासाकाड्जाले सबैभन्दा धेरै ४८ रन बनाएका थिए । सिकन्दर राजाले २५, ब्रेन्डन टेलरले २४, रेगिस चाकब्बाले २० रन जोडे । दोस्रो इनिङमा जिम्बाब्वेले १ सय ८१ रन जोडेको थियो । बंगलादेशका तैजुल इस्लामले ५, मेहिदी हसनले ३ तथा नाजमुल इस्लामले २ विकेट लिए । बंगलोदशले पहिलो इनिङमा १ सय ४३ रन जोडेको थियो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC