site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

हिजोआज शासकहरूले कर्मचारीले नटेरेका कारण विकास र समृद्धिको मूल फुटाउन नसकेको धम्की मिश्रित गुनासो बढी नै सुनिन थालेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले सार्वजनिकरूपमै केही साता पहिले कर्मचारीलगायत राज्यका अंगहरूले नटेरेको गुनासो गरेका थिए । नेकपा (नेकपा)कै अर्का अध्यक्ष पुष्पकमल दाहालले सोमवार विराटनगरमा ‘पुराना व्यवस्थाका कर्मचारीले परिवर्तन आत्मसात् नगरेको‘ भन्दै अप्रत्यक्षरूपमा ‘प्रतिक्रियावादी’ भएको आरोप लगाएका छन् । हुन पनि नेपालको कर्मचारीतन्त्र काम गर्नुपर्दा ‘गाले गोरु’ जस्तै अररो हुन्छ भने खानमा मौका पर्नेबित्तिकै बुझो हालिहाल्ने ‘चोर गोरु’जस्तै चण्डाल छ । यसैले नेपालको कर्मचारीतन्त्रलाई कजाउन सजिलो छैन । तर, कर्मचारीलाई प्रतिक्रियावादी कित्तामा राख्ने शासकहरूले पनि लोकतान्त्रिक गणतन्त्र आत्मसात् गरेको भने देखिएको छैन । 

अहिलेको सरकार पनि विगत केही दशकका सरकारहरूभन्दा खासै फरक देखिएको छैन । शासकहरूको दम्भ र अहंकार अझै बढेको छ । नागरिकलाई ‘घुँडा टेकाउने’ व्यवहारले सामन्ती संस्कारकै निरन्तरताको झल्को दिन्छ । अझ अहिलेका प्रधानमन्त्रीले जसरी त श्री ३ महाराजाबाहेक अरू कुनै प्रधानमन्त्रीले दसैंमा टीका ‘बक्सने’ सार्वजनिक सूचना जारी गरेका थिएनन् । पार्टीको चियापानमा जाँदा रक्षामन्त्री सेनाको हेलिकोप्टर लिएर जान्छन् । नेकपा (नेकपा) अर्का नेता राज्यको कोषबाट लाखौं रुपियाँ खर्च गरेर निजगढमा वन भए नभएको हवाई निरीक्षण गर्छन् । सवारी चालकको नामसमेत किर्ते गरेर राज्य कोषको पैसा खाने मन्त्री र सांसदलाई कर्मचारीले के टेर्थे त ? नेकपा (नेकपा) अध्यक्ष पुष्पकमल दाहालको जस्तो जीवन शैली पनि सायद श्री ३ हरूबाहेक अरू कुनै प्रधानमन्त्रीको थिएन । कर्मचारीले पनि त यी सबै देखेकै छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कर्मचारीलाई भ्रष्टाचारीको आरोप लगाउने राजनीतिक नेताले एकपटक आत्म निरीक्षण गरे हुने हो । पुरानो व्यवस्थाका र अहिलेका शासकहरूको विचार र व्यवहारमा कति फरक छ ? के अहिलेका नेताको जीवन शैली हेर्दा यिनलाई प्रगतिशील र लोकतान्त्रिक भन्न मिल्ने कुनै आधार छ ? कर्मचारीलाई कजाउन कि त तर्साउनु पर्यो । नभए उनीहरूलाई आदर्श र नैतिकताबाट जित्न सक्नुपर्यो । कर्मचारी रोबोट त हैनन् । चाटुकार भारदारबाहेक सामान्य जनताले अहिलेका कुन शासकबाट के प्रेरणा लिने ? के नेकपा (नेकपा) का अध्यक्ष दाहाललगायतका राजनीतिक नेताले आफ्नो आयव्यय पारदर्शी गर्न सक्छन् ? वैध आयले सत्ता वा प्रतिपक्षका कुनै पनि राजनीतिक नेताको जस्तो विलासी जीवनयापन गर्न पुग्छ ? 

अध्यक्ष दाहालको गाडीको लस्करभन्दा अगाडि मोटर साइकल चलाएकै कारण विराटनगरमा अस्पतालमा बिरामीलाई खाना लिएर गएका व्यक्तिलाई प्रहरीले जरिवाना गरेछ । यस्तो सुन्दा वा देख्दा सामान्य व्यक्तिका मनमा श्रद्धा उत्पन्न होला कि आक्रोश ?  अहिलेको अवस्था हेर्दा त राजनीतिक नेतृत्वले देश लुट्ने ‘लाइसेन्स’ पाएको ठानेजस्तो देखिएको छ । सायद, यिनै र यस्तै कारणले कर्मचारीले नेताहरूलाई नटेरेका हुन् । यसैले पहिले नेताहरूले लोकतान्त्रिक गणतन्त्रतर्फको परिवर्तनअनुरूप आफ्नो आचार र विचार सच्याऊन् । देश लुट्ने सोच र शैली त्यागून् । त्यसपछि कर्मचारीले परिवर्तनलाई खुला हृदयले नै आत्मसात् गर्नेछन् । थोरैले गरेनन् भने तिनलाई बिदा दिए पनि जनताले स्याबासी नै दिनेछन् । शासकहरूले आफूलाई सुधारे भने कर्मचारीलाई ‘परिवर्तन आत्मसात् गर्न सिकाउन’ पर्नेछैन । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC