site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रहरीको तिहार सुरक्षा टिप्स– मदिरा सेवन घरमै गर्नुस्, जुवातास खेलेको देखे खबर गर्नुस्
Ghorahi CementGhorahi Cement

काठमाडौं । चाडपर्वको समयमा देशभर हुनसक्ने अपराध न्यूनीकरण गर्न नेपाल प्रहरीले सुरक्षा योजना ल्याउने गरेको छ । प्रत्येक जिल्लामा प्रहरीले वस्तुगत अवस्था, सम्भावित अपराधको अध्ययन गरेर सुरक्षा कार्ययोजना तयार पार्ने गरेका हुन्छन् । 

तिहारको समयमा हुनसक्ने सम्भावित अपराध नियन्त्रण गर्न प्रहरी देशव्यापी रुपमा सक्रिय भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदी बताउँछन् । अवैध पटकाको ओसारपोसार रोक्न सीमा क्षेत्रमा चकेजाँचमा कडाइ, बढी आर्थिक कारोबार हुने क्षेत्रमा सादा पोशाकका प्रहरी परिचालन, आपराधिक गतिविधिको सूचना संकलनलगायत कार्य भइरहेको एसएसपी सुवेदीले बताए । 

कुनै घटनाको पूर्वजानकारी भएमा वा शंका लागेमा पनि प्रहरी कार्यालयमा खबर गर्न प्रहरीको आग्रह छ । प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले तिहारको समयका लागि १४ वटा सुरक्षा टिप्स दिएका छन् । 

Agni Group

१. अत्यधिक मदिरा सेवन नगर्नुहोस्, मदिरा सेवन गर्नैपरे घरमै गर्नुहोस् । 

२. मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने काम नगर्नुहोस् । 

Global Ime bank

३. आफ्नो घर, टोलमा होहल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरु देखिए वा कसैले लामो समयसम्म तपाईंसँग कुरा गर्न खोज्यो भने तत्काल प्रहरीमा खबर गर्नुहोस् ।

४. घर छोडेर बाहिर जाँदा विश्वासिलो मान्छे वा छिमेकीलाई जानकारी दिनुहोस्  । 

५. स्थानीय प्रशासनले तोकेको समयमा मात्रै देउसी–भैलो खेल्नुहोस् । देउसी खेलेपनि दक्षिणा (सिदा) माग्ने कुरामा कर नगर्नुहोस् । 

६. घरभित्र वा बाहिर दियो बाल्दा दियो बालेको स्थान सुरक्षित छ कि छैन विचार गर्नुहोस् । 

७. आफूले मनोरञ्जन गर्दा छिमेकी वा टोलमा असर पार्ने, होहल्ला गर्ने गतिविधि नगर्नुहोस् ।

८. बहुमूल्य गहना र ठूलो रकम नबोक्नुहोस् ।

९. वित्तीय संस्थाबाट ठूलो रकम झिक्न जाँदा विश्वासिलो व्यक्तिलाई साथमा लैजानुहोस् । 

१०. जुवा, तास, आफू पनि नखेल्ने र खेलेको देखेमा प्रहरीलाई खबर गर्नुहोस् ।

११. रातको समयमा कसैले ढोका ढकढकाए सतर्क हुनुहोस् । 

१२. पटका पड्काउने काम नगर्नुहोस्

१३. खानपिनमा विशेष ध्यान दिनुहोस् । 

१४. तिहार भव्य रुपमा मनाउनुस् तर सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नुहोस् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०७५  ०४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC