Skip Advt.

घटना क्रम

जनमत सङ्ग्रह परिणाम : न्यू क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा

पेरिस, फ्रान्स (रासस/एएफपी) । न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ ।

मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए । उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली भूमि हो । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब रहेको थियो । 

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले भने, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ । यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

 
 

तपाईंको मत