site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
अम्पाएरसँग विवाद गरेपछि सन्दीप लामिछाने कारवाहीमा, समर्थकले पनि लगाए नारा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध विवादमा उत्रिएका थिए । 

म्याच रेफ्रि सत्यजित सरकारले आईसीसीको नियम उल्लङघन गरेको भन्दै सन्दीपलाई एक डिमेरिट्स अंक दिएका हुन् । शनिबार चितवन राइनोजविरुद्धको खेलमा सन्दीपले अम्पायर विनयकुमार झा र संजयकान्त सिग्देलसँग पटक पटक विवादमा उत्रिएका थिए । अम्पायरको निर्णयविरुद्ध खेल भावना विपरीत कार्य गरेपछि मैदानमा उपस्थित समर्थकहरुले पनि सन्दीपलाई ‘घमन्डी’ भन्दै उनीविरुद्ध नाराबाजी गरेका थिए ।

विराटनगरकै किशोर महतो र चितवनका सन्नी पटेललाई पनि अम्पायरसँग विवाद गरेका कारण कारवाही गरिएको छ । फिल्ड अम्पायर विनयकुमार झा, संजयकुमार सिंग्देल र टिभी अम्पायर संजय गुरुङले तीन खेलाडीले अनुशासनविरुद्ध काम गरेको बताएका थिए । 
चितवन राइनोजविरुद्धकै खेलमा अम्पायरसँग विवाद गरेका कारण काठमाडौं रोयल्सका अमरसिंह राउटेलालाई एक डिमेरिट्स अंक दिइएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ००:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC