site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
समीरमानकी श्रीमती जो हतियार व्यवस्थापनको काम गर्थिन् !
Sarbottam CementSarbottam Cement

काठमाडौं । निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य योजनाकार गुन्डा नाइके समीरमानसिंह बस्नेतकी श्रीमती माया बस्नेत पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले मायालाई काठमाडौंको सीतापाइलाबाट आइतबार बिहान पक्राउ गरेको हो । 

महाशाखाका एसएसपी धीरजप्रताप सिंहका अनुसार गौचन हत्यालगायत अन्य घटनामा पनि उनको संलग्नता देखिएकाले अनुसन्धानका लागि आइतबार बिहान काठमाडौंको ठूलो भर्याङबाट मायालाई पक्राउ गरिएको हो । 
मायालाई पक्राउ गर्नका लागि तीनदिनदेखि प्रहरी लागिपरेको थियो । 

गौचन हत्यामा प्रयोग भएको हतियारको व्यवस्थापन बस्नेतकी श्रीमती मायाले नै गरेको प्रहरी आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसअघि महाशाखाले कात्तिक १२ गते लोप्साङ लामा, अम्बर बहादुर राना र रोशन बुढाथोकीलाई पक्राउ गरेपछि मायाको संलग्नताको बारेमा थप रहस्य खुलेको प्रहरीले जनाएको छ ।

जेलबाटै धन्दा चलाउन थालेपछि बस्नेतलाई प्रहरीले मुस्ताङ सरुवा गरेको थियो । त्यसलगत्तै मायाले ‘इन्काउन्टर’ का लागि आफ्नो श्रीमानलाई रातारात मुस्ताङ सरुवा गरिएको भन्दै पत्रकार सम्मेलन गरेकी थिइन् ।

Global Ime bank

पक्राउ परेका तीनै जनाले अदालतमा समेत हत्यामा समीरको श्रीमतीको समेत संलग्नता भएको बयान दिएका थिए । गौचनलाई गोली हान्ने बेलामा पनि समीरकै श्रीमतीले पेस्तोल दिएको र आफूले गोली हानेको अम्बरले बयानमा उल्लेख गरेको प्रहरी बताउँछ ।

मायाका श्रीमान समीर मुस्ताङ कारागारमा छन् । उनी गत मंसिरमा पक्राउ परेका थिए । गौचन हत्याका योजनाकार समीरमानसिंह बस्नेत समूहका सुटर अमर बहादुर राना, लोप्साङ भनिने सोम तामाङ र रोशन बुढाथोकीले समीरकी श्रीमतीको संलग्नताको बयान दिएपछि महाशाखाले ३ दिनदेखि खोजी गरेको थियो । 

प्रहरी स्रोतका अनुसार गौचन हत्या, प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके दिनेश अधिकारी चरीमाथिको आक्रमण र दाबा लामामाथि गोली प्रहार समीरमानको योजनामा भएको र त्यसमा हतियारको व्यवस्थान मायाले गरेको खुलासा सुटर अमर बहादुर रानाले गरेका थिए । 

यस्तै समीरमानले एक जना व्यक्तिमार्फत हतियार उपलब्ध गराएपछि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई आफुले गोली चलाएको बयान लोप्साङले दिएका थिए ।  अमर रानाका अनुसार काभ्रेली गुन्डा नाइके दाबा लामालाई गोली हाने लगत्तै उनले मायालाई हतियार राख्न दिएका थिए  । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १९, २०७५  ०३:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC