अर्थ व्यवसाय
काठमाडौं । धितोपत्र बोर्डले ब्रेकरले लिने शुल्क (कमिसन) ४० प्रतिशतसम्म घटाएपछि आईतबार सेयर कारोबार भएन् ।
नेपाल ब्रोकर एसोसियसनमा आवद्ध ब्रोकरले कमिसन घटाएको विरोधमा आइतबार सेयर कारोबार गरेनन् । ब्रोकरले सांकेतिक विरोध गरेर कारोबार बन्द गरेपछि सेयर किनबेच हुन सकेन । एसोसियसनका अध्यक्ष प्रियराज रेग्मी नयाँ कमिशन दरका कारण सेयर कारोबार बन्द नभएको बताए । उनले नयाँ कमिशन दरलाई सिस्टमले स्वीकार नगरेकाले आइतबार कारोबार बन्द हुन पुगेको जिकिर गरे । सिस्टम बनेर भोलिदेखि सेयर कारोबार हुने उनले जानकारी दिए । “शुल्क घटाएकोमा हामीले विरोध गरेको हैन,” उनले भने “सिस्टम अपडेट गर्न समय लागेकाले यस्तो भएको हो, सोमबारदेखि सेयर कारोबार हुन्छ ।”
धितोपत्र बोर्डले सेयर बजार बढेकाले यसलाई व्यवस्थित गर्न भन्दै बुधबार ब्रोकर कमिसन ४० प्रतिशत घटाएको थियो ।
यता सेयर विश्लेषक रविन्द्र भट्टराईले कमिशन घटेको विरोधमा आइतबार सेयर कारोबार नभएको दावी गरे । बाह्रखरीसँग कुरा गर्दै भट्टराईले भने “केही कुरामा चित्त नबुझन साथ कारोबार नै बन्द हुने गरेकाले बैंकलाई ब्रोकरको काम गर्न दिनुपर्ने अवस्था आएको छ ।” यस विषयमा नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डले चासो नदेखाएको उनको भनाइ छ । बैंकलाई ब्रोकरमा कारोबार गर्न दिए सेयर बजार अझ विस्तार हुने र सर्वसाधारण बैंकमार्फत कारोबार गर्न पाउने उनको भनाइ छ ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १५:३४
प्रतिक्रिया दिनुहोस्