site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पुस्तक
Ghorahi CementGhorahi Cement

घाइते मनिप्लान्ट (लघुकथा)
(प्रकाशकः बीएन पुस्तक संसार)

लेखिका रञ्जुश्री पराजुलीको ‘घाइते मनिप्लान्ट’ चौधौं र लघुकथाको पहिलो पुस्तक हो । प्राध्यापन पेशामा संलग्न भई अवकाश जीवन जिउँदै गरेकी पराजुलीका अरु पनि थुप्रै कृति प्रकाशित भइसकेका छन् । बालकथा, कथा, यात्रा संस्मरणहरू उनको नियमित लेखनीमा पर्छन् ।

मूलतः बाल साहित्यमा कलम चलाउँदै आएकी रञ्जुश्रीले ‘घाइते मनिप्लान्ट’मा समसामयिक विषयमा ८८ वटा लघुकथा लेखेकी छन् । ती लघुकथाभित्र नेपाली समाजमा विद्यमान विकृति, विसंगति उठान गरिएको छ । त्यसका अतिरिक्त प्रेम, जीवन जगतलाई पनि उनले आफ्नो लघुकथामा उनेकी छन् । यस अर्थमा उनको यो संग्रह चोटिलो व्यंग्य, कुतूहलता, सामाजिक यथार्थ, राजनीतिक विसंगतिमाथिको व्यंग्यले भरिएको छ ।

Agni Group


वसन्त (कविता)
(प्रकाशकः सांग्रिला बुक्स)

नेपाली गीति लेखनमा चर्चित नाम हो, वसन्त चौधरी । व्यावसायिक घरानाका भए पनि उनले नेपाली साहित्यका विभिन्न विधामा आफूलाई प्र्रस्तुत गर्दै आएका छन् । उनको लेखनको प्रारम्भ कविताबाट भए पनि उनले लामो समय गीति लेखनमा आफ्नो समय खर्चिए । त्यसै क्रममा उनले थुप्रै गीति एल्बमहरू स्रोतासमक्ष ल्याए ।

Global Ime bank

उनको पहिलो काव्यकृति ‘मेघा’का नामबाट पाठकमाझ आयो । त्यसपछि उनले कवितामा आफूलाई डो¥याउँदै लगे । यसै क्रममा उनको अर्को कृति ‘मेरा कविताहरू’ बाहिरियो । त्यसउप्रान्त उनले हिन्दी भाषामा ‘आँशुओं कि सियाही से’ प्रकाशनमा ल्याए । यसरी पाँच वटा कृति ल्याइसकेपछि बसन्तको अर्को काव्यकृति ‘वसन्त’ प्रकाशनमा आयो, जसमा उनका ६० वटा कविता समेटिएका छन् ।

कवि तथा गीतकार चौधरीको ‘वसन्त’ नेपालीसहित अंग्रेजी, मैथिली, भोजपुरी, बंगाली, तामाङ, नेवारीलगायत गरी एकैपटक ९ भाषामा प्रकाशित भएको छ । संग्रहमा जीवन, प्रेम, माटो र समयमा कविता संलग्न छन् ।

 

छोरीका आँखा (लघुकथा)
(प्रकाशकः पीताम्बर शर्मा पौडेल)

लेखिका शारदा पौडेल निशाको पहिलो लघुकथा संग्रह हो ‘छोरीका आँखा’ । केही महिनाअघि प्रकाशनमा आएको यो संग्रहमा ६६ वटा लघुकथा समाविष्ट छन् । सामान्यतया उनका लघुकथाले पनि सामाजिक विकृति, विसंगतिमाथि तिखो र खरो प्रहार गरेका छन् ।

लेखनमा रुचि भएकोले फुर्सद पाउनासाथ उनी केही न केही लेख्नमा व्यस्त हुन्छिन् । यसैको परिणति पनि हो उनको यो पहिलो लघुकथा संग्रह । शारदाका अनुसार उनी नेपालभन्दा सम्पन्न मुलुकमा पुगे पनि उनलाई नेपाली माटो र नेपाली हावापानीले सधैं तानिरह्यो । त्यसैले उनलाई लघुकथा लेख्न उक्सायो ।

शीर्षक कथा ‘छोरीका आँखा’ले नेपाली समाजमा छोराछोरीबीचको विभेदलाई सुन्दर रूपमा खुट्याएको छ । अहिले शारदा स्पेनमा बसोबास गर्दै आएकी छन् ।


मुक्त आशा (मुक्तक)
(प्रकाशकः समकालीन साहित्य प्रतिष्ठान, बेलायत)

मुक्तकको माहोल फैलिँदो छ । अर्थात् मुक्तक लेखनमा धेरै लेखकले आफूलाई उतार्दै आएका छन् । यसैक्रममा आशा लिम्बूले सार्वजनिक गरेकी छन्, मुक्तक संग्रह ‘मुक्त आशा’ ।

लिम्बूका मुक्तकले आजको समयलाई प्रतिनिधित्व गर्छन् । मुक्त भाव, चार पंक्ति र संरचनागत विशेष एवम् चोटिलोपनाले मुक्तक पठनीय हुनुपर्ने आमभनाइ रहँदै आएको छ । उनको मुक्तक लेखनमा विषय विविधता भए पनि कतिपय मुक्तक संरचनाभन्दा बाहिरको प्रतीत हुन्छ । अर्थात् पुस्तक उनले हतारमा ल्याएकी हुन् भन्ने बुझिन्छ ।


बादशाहको अटोग्राफ (कथा)
(प्रकाशकः मञ्जरी पब्लिकेसन)

लेखक माधव सयपत्रीको कथा संग्रह हो, ‘बादशाहको अटोग्राफ’ । यो उनको तेस्रो कृति हो । लेखनमा लामो समयदेखि सक्रिय रहँदै आएका कथाकार सयपत्रीको यो संग्रहमा ३० वटा कथा समेटिएका छन् ।

‘बादशाहको अटोग्राफ’मा नेपाली समाजका कथा छन् । यथार्थतालाई कलाका माध्यमबाट उनले कथामा रुपान्तरण गरेका छन् । उनको यो संग्रहमा सशस्त्र विद्रोहका साथै मानव जीवनका कथा–व्यथा समेटिएका छन् ।


गोधूली घर (कविता)
(प्रकाशकः पूर्वाञ्चल साहित्य प्रतिष्ठान)

गोकुल अधिकारी लामो समयदेखि कविता लेखनमा क्रियाशील कवि हुन् । अहिले पनि मोफसलमै रहेर काव्य सिर्जनामा लागिरहेका गोकुलको अर्को कविता कृति हो, ‘गोधूली घर’, जसमा ५४ वटा कविताहरु संगृहित छन् ।

‘गोधूली घर’मा उनका छानिएका कविता छन् । गोकुल सरल भाषामा मीठासपूर्ण ढंगबाट काव्यभाव प्रस्तुत गर्ने कवि हुन् । र, उनको यस कृतिमा पनि सोही भावका काव्य समावेश छन् । उनका काव्य पठनीय छन् । कवि गोकुलको एउटा कविताले भन्छ—

तिम्रो उपचार गर्ने डाक्टर
आफैं रोगले थलिएको बेला,
तिमीले पानी भर्ने पँधेरो
आफै तिर्खाएर छट्पटिएको बेला
तिमीले कविता कोर्ने कलम
आफ्नै मसीको आँशुले 
निथ्रुक्कै भिजिसकेपछि
कविजी,
कसरी कोर्न सकौला र तिमी
उमंगको कविता ?

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC