राजनीति
काठमाडौं । नेकपा एमाले नेता एवम् पूर्व ऊर्जामन्त्री गोकर्ण विष्टले अविश्वासको प्रस्ताव ‘विष वृक्ष’ भएको टिप्पणी गरेका छन् । अविश्वासको प्रस्तावमाथिको छलफलका क्रममा व्यवस्थापिका– संसद्मा आफ्नो धारणा राख्दै अविश्वासको प्रस्तावले दलहरूबीचको सहमति र सहकार्यको वातावरणलाई धमिल्याउने र यसले संविधानको कार्यान्वयनमा बाधा पुर्याउने उनको जिकिर थियो ।
अविश्वासको प्रस्तावको सामना गर्नुपर्ने गरी केपी ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेको बताउँदै सांसद् विष्टले सरकारले गरेका राष्ट्रियताको प्रवद्र्धन र विकासका कामहरूप्रति आँखा चिम्लन नहुने बताए ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउनु देशकै लागि दुर्भाग्यको कुरा हो । सरकार परिवर्तनले कसैको अभिष्ट पूरा हो तर देशलाई फाइदा पुर्याउँदैन– उनको आसय थियो ।
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३ १५:२६
प्रतिक्रिया दिनुहोस्