site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
के थियो मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीचको विवाद ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । मुख्यमन्त्रीसँगको विवादका कारण प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री केशव स्थापितलाई मन्त्रीबाट बर्खास्त गरिएको छ । शुक्रबार मन्त्री स्थापितलाई संविधानको धारा १६९ को उपधारा २ बमोजिम हटाइएको मुख्यमन्त्री डोरमणि पौडेलका स्वकिय सचिव अनुप पौडेलले जानकारी दिए ।

प्रदेश ३ को बुधबार बसेको मन्त्रिपरिषद् बैठकमा मुख्यमन्त्री पौडेलले भौतिक पूर्वाधारमन्त्री केशव स्थापितको कार्यशैलीका बारेमा प्रश्न गरेपछि विवाद सुरु भएको थियो । मन्त्रालयको काममा ध्यान नदिने, सामान्य ब्यानर उद्घाटन गर्न पनि आफैं पुग्ने भन्दै मन्त्री स्थापितको कार्यशैलीको आलोचना गरेपछि मुख्यमन्त्री पौडेलविरुद्ध स्थापित खनिएका थिए ।

सबैभन्दा बढी बजेट भएको मन्त्रालयको काममा ध्यान नदिएको भन्दै मुख्यमन्त्री पौडेलले काममा ध्यान दिन आग्रह गरेका थिए ।  अर्का एक मन्त्रीका अनुसार त्यसपछि स्थापित करिब एकघण्टा ‘मुखमा आएको शब्द’ प्रयोग गर्दै मुख्यमन्त्रीमाथि जाइलागेका थिए ।
मन्त्री स्थापितको ‘अभद्र व्यवहार’ को बारेमा पार्टीमा जानकारी गराउन मुख्यमन्त्री पौडेल बिहीबार काठमाडौं आइपुगेका थिए ।

Agni Group

स्रोतका अनुसार उनले पार्टीमा छलफल गरेपछि मात्रै यस्तो निर्णय लिएका हुन् । क्याबिनेट मन्त्री हटाउने–नहटाउने उनको आफ्नै तजबीजको कुरा हो ।  तर, यसविषयमा पार्टीसँग पनि परामर्श गरौँ भनेर मुख्यमन्त्री काठमाडौं आएको क्याबिनेटका अर्का एक मन्त्रीले जानकारी दिए ।

के भएको थियो बुधबार ?

Global Ime bank

संघीय सरकार नै कामयावी नभएको टीकाटिप्पणी भइरहेका बेला प्रदेश सरकार पनि अछुतो थिएन । अझ प्रदेश सरकारलाई त ‘पेन्डुलम’ को उपमा थमाइएको थियो । चौतर्फी काम नभएको गुनासो बढिरहेका बेला बुधबार प्रदेश मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
प्रदेश सरकारको कुल ३५ अर्ब बजेटमध्ये झण्डै आधा बजेटको नेतृत्व गरिहेका छन्– केशव स्थापितले ।

प्रदेशको महत्त्वपूर्ण, विकास–निर्माणसँग सम्बन्धित मन्त्रालय सम्हालेका मन्त्री मुख्यमन्त्रीसँग समन्वय नगरी जिल्ला भ्रमणमा जाने, ब्यानर उद्घाटन गर्ने, खाली गफ गरेर समय व्यतीत गर्ने गुनासो बढेपछि मुख्यमन्त्रीले स्थापितसँग जवाफको अपेक्षा गरेका थिए । र, जिज्ञासा राखेका थिए ।

तर, प्रदेशका एकमन्त्रीका अनुसार उनी ‘कुटौला झैँ’ को शैलीमा प्रस्तुत भए ।

“प्रदेशको कुल बजेटको आधा हिस्सा नै उहाँले ओगट्नु भएको छ । तर, उहाँ ब्यानर उद्घाटन गर्दै हिँड्नुहुन्छ । जिल्लाभ्रमणजस्ता अनुत्पादनशील, बेकामे ठाउँमा मन्त्रालयको बजेट, स्रोत–साधन खर्चनुहुन्छ । मुख्यमन्त्रीले यस विषयमा प्रश्न उठाउनु स्वभाविकै थियो । तर, उहाँले उल्टै हप्कीदप्की गर्दै मुख्यमन्त्रीको मानमर्दन गर्नुभयो,” ती मन्त्रीको दाबी छ ।

उनले भने, “उहाँको शुरूदेखिकै गतिविधि राम्रो छैन । गफ गरेर बस्ने उहाँको बानी छ । आर्थिक वर्ष शुरू भएको ६ महिना बितिसक्यो मन्त्रालयले कुनै परिणाम दिन सकेको छैन । एउटा मन्त्रीका कारणले सिंगो प्रदेश गतिशून्य त बनाउन भएन नि ! त्यसैले मुख्यमन्त्रीको ‘एक्सन’ ठीक हो ।”

“सुन्नुभएकै छ प्रदेश सरकारबारे टिप्पणी । यस्तो अराजक मन्त्रीलाई अझै पदमा राखिरहने हो भने, क्याबिनेटकै बदनाम हुन्छ,” उनी थप्छन् ।

‘मिटू’देखि बर्खास्तसम्म 
पछिल्लो समय ‘ह्यासट्याग मिटू’ मार्फत यौन दुर्व्यवहारका घटना उजागर गर्ने ‘ट्रेन्ड’ विश्वव्यापीरूपमा बढेको छ । केही समयअघि सञ्चारकर्मी रश्मिला प्रजापतिले स्थापितविरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् । स्थापित काठमाडौं महानगरपालिकाको मेयर छँदा ‘प्रस्ताव’ नस्वीकारेकै कारणले जागिरबाट हात धुनुपरेको प्रजापतिको भनाइ छ ।

तर, स्थापितले आरोपको खण्डन गर्दै प्रमाणित गर्न चुनौती दिएका थिए । यसै विषयमा काठमाडौँ महानगरपालिकाले पनि प्रजापतिको आरोपको खण्डन गर्दै प्रतिशोधमात्रै भएको बताएको थियो । यसअघि बिहीबार बाह्रखरीसँग कुरा गर्दै स्थापितले सामान्य भनाभन भए पनि हटाउनैपर्ने गरी नभएको बताएका थिए ।

उनले उनले सामान्य भनाभनमात्रै भएको र आफ्नो स्वरै ठूलो भएको प्रतिक्रिया दिए । उनले खरिद् ऐन र खर्च गर्ने नीति, पद्धति र विधि नै धिमा भएकाले काम गर्न नसकिएको र यही विषयमा मुख्यमन्त्रीसँग असझमदारी बढेको बताए ।

“मेरो मन्त्रालयमा १३ अर्ब रुपैयाँ देखियो । त्यसमध्ये ५० करोड पुँजीगत खर्च भएको छ । २ अर्ब एडीबीको परियोजनामा गएको छ । बाँकी ११ अर्ब कहाँ कसरी खर्च गर्ने भन्ने देखाउनुहोस् भन्नुभएको थियो । मैले प्रक्रिया देखाएँ । उहाँले फेरि ‘कागजमा मात्रै भयो’ भन्नुभयो । यसै विषयमा सामान्य विवाद भएको हो,” उनको प्रष्टिकरण थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १७, २०७५  ०५:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC