site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विदेशस्थित नेपाली दूतावासको वार्षिक घरभाडा करिब १ अर्ब, भवन किन्ने रकमले गाडी किन्छन् ! 
Sarbottam CementSarbottam Cement

काठमाडौं । विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासहरुको घरभाडा खर्च वार्षिक करिव एक अर्ब रुपैयाँ पुग्न लागेको छ । दूतावासहरुले आफूलाई आवश्यक पर्ने जग्गा तथा भवन खरिद नगर्दा वर्षेनी राज्यलाई घरभाडाको नाममा व्ययभार थपिँदै गएको हो । चालु आर्थिक वर्ष २०७५–०७६ को लागि मात्र विदेशथित नेपाली नियोगहरुको घरभाडाको लागि साढे ८८ करोड रुपैयाँ छुट्टयाईएको छ । 

“घरभाडा शीर्षकमा ठूलो रकम खर्च हुँदै आएको छ र यो बढ्दो छ । परराष्ट्र मन्त्रालयले भवन खरिदको योजना बनाएर यस्तो खर्च घटाउँदै लैजानैपर्छ,” अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले भनिन् ।

सरकारले दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासहरुलाई जग्गा तथा भवन खरिद गर्नको लागि भन्दै वर्षेनी २ अर्ब रुपैयाँ बराबर बजेट दिँदै आएको छ । तर दूतावासहरु भने सधै भाडाकै घरमा रमाउँदै आएका छन् । आफूलाई आवश्यक पर्ने भवनको सट्टा दूतावासहरुले उक्त रकम रकमान्तर गरी अन्य विलासिताका साधन खरिद गर्ने गरेको पाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार गत आर्थिक वर्ष २०७४–०७५ मा भवन खरिद बजेटबाट १६ करोड ६६ लाख रुपैयाँ रकमान्तर गरी दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासहरुले सवारीसाधन, फर्निचर, मेसिनरी औजार आदि खरिद गरेका थिए । 

“भवन खरिद गर्दा अनेक प्रश्न उठ्ने डरले गाह्रो मानेको देखिन्छ,” महालेखापरीक्षकको कार्यालयका सहायक प्रवक्ता नेत्रप्रसाद पौडेल भन्छन्, “गाडी किने चढेर हिँड्न पाइयो । त्यसैले भवन खरिदको लागि छुट्टयाइएको रकम रकमान्तर गरि गाडी किनेको देखिन्छ ।”

Global Ime bank

पछिल्लो एक दशकमा विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासले घरभाडास्वरुप ५ अर्ब ७० करोड ९६ हजार ९० हजार रुपैयाँ खर्चेका छन् । जबकी यहि अवधिमा भवन खरिदको लागि भन्दै सरकारले दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासलाई साढे ७ अर्ब रुपैयाँ छुट्टयाएको देखिन्छ । पछिल्लो १० वर्षमा वासिङ्टन र बैंककस्थित जम्मा दुईवटा दूतावासले मात्र भवन खरिद गरेका छन् । दुईवटा दूतावासले भवन खरिद गर्दा करिब एक अर्ब २९ करोड रुपैयाँ खर्चेको देखिन्छ । वासिङटनस्थित दूतावासले हालसालै करिब ८४ करोड रुपैयाँमा खरिद गरेको राजदूत निवास भने विवादमा तानिएको छ । विगत १० वर्षमा भवन खरिदको लागि छुट्टयाइको मध्ये ६ अर्ब २१ करोड रुपैयाँ सदुपयोग हुन नसक्दा फ्रिज भएको छ । 

विदेशस्थित नेपाली ३९ नियोग (दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावास) मध्ये ९ दूतावास (कार्यालय भवन) र ११ राजदूत निवास मात्र आफ्नो भवनमा रहँदै आएका छन् । बाँकी सबै दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासका कार्यालय भवन, राजदूत निवास, कूटनीतिक कर्मचारीको आवास घर भाडामा लिइएको छ । सरकारले राजदूतदेखि सबै कूटनीतिक कर्मचारीको घरभाडा खर्च बेहोर्छ ।

परराष्ट्र मन्त्रालयले २०७२ सालमा विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासलाई भवन खरिद गर्ने सम्बन्धी एक प्रतिवेदन तयार पारेको थियो । प्रतिवेदनमा १० वर्षभित्र सबै दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासहरु आफ्नै भवनमा सार्ने परियोजना तयार पार्ने भनिएको थियो । तर हालसम्म पनि यस्तो परियोजना तयार हुन सकेको छैन । 

“भवन किन्दा ठूलो बजेट चाहिन्छ । ठूलो बजेट भन्नेबित्तिकै राजनीतिक नेतृत्वदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्मको चासो बढ्छ । यही झञ्झटमा नपर्नको लागि बरु भवननै खरिद नगर्ने गरेको पाइन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

दूतावासहरुको घरभाडा खर्च वर्षेनी बढ्दो छ । आर्थिक वर्ष २०६६–०६७ मा विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासहरुले भरभाडा शीर्षक अन्तर्गत ३४ करोड २८ लाख ९२ रुपैयाँ खर्च गरेका थिए । दश वर्षपछि अहिले यो रकम बढेर ८८ करोड ४४ लाख रुपैयाँ पुगेको छ । दशवर्षमा दूतावासहरुको घरभाडा खर्च १०० प्रतिशतभन्दा बढिले बृद्धि भएको छ । यही अनुपातमा विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासको घरभाडा खर्च बढ्दै गए आगामी दुईवर्षभित्र एक अर्ब रुपैयाँ नाघ्ने देखिन्छ । 

अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०६७–०६८ मा ३७ करोड ५३ लाख ९३ हजार रुपैयाँ, २०६८–०६९ मा ४० करोड ९५ लाख १५ हजार रुपैयाँ, २०६९–०७० मा ४३ करोड ६५ लाख ३८ हजार रुपैयाँ, २०७०–०७१ मा ४५ करोड रुपैयाँ विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासको घरभाडा शीर्षकमा खर्च भएको थियो । यस्तै, २०७१–०७२ मा ६१ करोड १४ लाख रुपैयाँ, २०७२–०७३ मा ७० करोड २५ लाख ५२ हजार रुपैयाँ, २०७३–०७४ मा ७४ करोड ५५ लाख रुपैयाँ र २०७४–०७५ मा ७५ करोड १५ लाख रुपैयाँ दूतावासहरुको घरभाडामा गएको थियो । 

आफ्नो भवन नहुँदा अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको लागि नेपाली स्थायी नियोगले एक वर्षमा ५ करोड ३६ लाख रुपैयाँ घरभाडा बुझाउँदै आएको छ । यस्तै, जेनेभास्थित नेपाली स्थायी नियोगले एक वर्षमा ४ करोड ९० लाख रुपैयाँ, अवुधावीस्थित दूतावासले वार्षिक ४ करोड ५० लाख रुपैयाँ, दोहास्थित दूतावासले ४ करोड रुपैयाँ, सिओलस्थित दूतावासले ३ करोड ६५ लाख रुपैयाँ वार्षिक भाडा स्वरुप बुझाउँदै आएका छन् । ३० वटा दूतावास, स्थायी नियोग र महावाणिज्य दूतावासले यसरीनै वर्षेनी ठूलो रकम घरभाडामा खर्चने गरेका छन् । 

विदेशस्थित नेपाली दूतावास, स्थायी नियोग र महाबाणिज्य दूतावासहरुको घरभाडा खर्च 

आर्थिक वर्ष        घरभाडा खर्च 

२०६६–०६७        ३४,२८,९२,०००
२०६७–०६८        ३७,५३,९३,०००
२०६८–०६९        ४०,९५,१५,०००
२०६९–०७०        ४३,६५,३८,०००
२०७०–०७१        ४५,००,००,०००
२०७१–०७२        ६१,१४,००,०००
२०७२–०७३        ७०,२५,५२,०००
२०७३–०७४        ७४,५५,००,०००
२०७४–०७५        ७५,१५,००,०००
२०७५–०७६        ८८,४४,००,०००


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०७५  ०९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC