site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
अनिलकुमार र हरिशंकरको साझेदारीले जित सहज भयो : पारस खड्का
Sarbottam CementSarbottam Cement

पोखरा । चितवन राइनोजका कप्तान पारस खड्काले अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका कारण प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको बताएका छन् ।

पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) को अघिल्ला दुई चितवन राइनोज पराजित भएको थियो । अग्रपंक्तिका ब्याट्सम्यानबाट राम्रो प्रदर्शन नहुनुलाई कप्तान पारसले हारको कारण बताउदै आएका थिए । तर, बुधबार धनगढी ब्लुजविरुद्धको तेस्रो खेलमा त्यही अग्रपंक्तिका ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेपछि चितवन राइनोजले १ सय २६ रनको फराकिलो नतिजा निकालेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“सुरुको दश ओभरमा हामीले विकेट गुमाएनौं । अनिलकुमार र हरीशंकरले हाम्रो योजनाअनुसार खेले । त्यो लयलाई अन्य ब्याट्सम्यानले पनि कायम राखे,” चितवनका कप्तान पारसले भने “१ सय ९४ रनको योगफल राम्रो हो । जसका कारण बलरले विना दबाब खेल्न पाए ।”
ओपनरद्धय अनिलकुमार शाह र हरिशंकर शाहले पहिलो विकेटका लागि प्रतियोगिताकै ठुलो १ सय १ रनको साझेदारी गरेपछि चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रनको योगफल बनाएको थियो ।     १ सय ९४ रनको लक्ष्य पछ्याएको धनगढीले १६.२ ओभरमा सबै विकेट गुमाएर ६७ रनमात्र जोड्न सक्यो । तीन खेलबाट २ अंक जोडेको चितवनले अब काठमाडौं रोयल्स र विराटनगर टाइटन्सविरुद्ध खेल्न बाँकी छ । उपाधि होडलाई कायमै राख्न चितवनलाई बाँकी खेल जित्नै पर्ने दबाब छ ।  

“प्रतियोगितामा यो हाम्रो पहिलो जित हो । हामीलाई यति थाहा छ, अब बाँकी दूूई खेल जसरी पनि जित्नै पर्छ”, कप्तान पारसले भने, “जितबाट खुशी छौं । हाम्रो यात्रा अहिले नै सकिएको छैन । हामीले राम्रो पुनरागमन गरेका छौं ।”

Global Ime bank

चितवन पहिलो खेलमा बुटवलसँग ७० रन तथा दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC