site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
किशोरीलाई जीउन र भविश्य देखाउन सिकाउने चलचित्र हो मालिका
Sarbottam CementSarbottam Cement

नेपाली चलचित्र उद्योगमा नायिका रेखा थापा ‘हिरोइन’भन्दा पनि ‘हिरो’को छवि बनाएर बसेकी अभिनेत्री हुन् । उनले आफूलाई अभिनयमा मात्रै सीमित राखेकी छैनन्, उनी निर्देशनमा पनि उत्रिएकी छन् । शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मालिका’ लाई रेखा स्वयंले निर्देशन गरेकी छन् । महिला सशक्तिकरणका लागि चलचित्रभित्र र बाहिरबाट पनि आवाज उठाउँदै आएकी उनले महिलाका विषयलाई चलचित्रमा उठाउँदै आएकी छन् । यो पटक पनि उनले चलचित्र ‘मालिका’ मार्फत किशोरीको आवाजलाई मुखरित गर्ने प्रयास गरेकी छन् । ‘मालिका’ मा मुख्य भूमिकामा समेत रहेकी उनै रेखासँग ‘मालिका’ का विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले गरेको छोटो कुराकानीः
० ० ०

‘मालिका’ कस्तो खालको चलचित्र हो, यहाँकै शब्दमा भन्दा ?

‘मालिका’ छोरीहरुलाई आत्म जागरण गराउने, डर मुक्त बनाएर भविश्य देखाउने चलचित्र हो । 

तपाईं महिला सशक्तिकरणका लागि अभियान चलाउँदै हिँड्ने व्यक्ति, यही अभियानको निरन्तरता हो भन्न मिल्छ ?

Prabhu Bank
Agni Group
NIC Asia

त्यो पनि भन्न मिल्छ । किन भने मैले १८ वर्ष देखि चलचित्रका माध्यमबाट महिला शसक्तिकरणकै लागि काम गरिरहेको छु । यो एउटा अभियान हो । यसलाई हामी सबैले ठूलो अभियानका रुपमा लिन सकिन्छ । छोरीहरुको मुक्तिको आन्दोलनका रुपमा लिन सकिन्छ । अहिले जसरी बलात्कार, महिलामाथि हुने हिंसा र बाल विवाहका घटना भइरहेका छन् र परम्परागत मान्यता समाजमा विद्यमान छ । ती चिजहरुलाई तोडेर जान पनि काम गर्नु पर्ने अवस्था छ । यसका लागि पनि मैलै ‘मालिका’ निर्माण गरेकी हुँ । 

महिला सशक्तिकरणको कुरालाई चलचित्रमार्फत देखाउँदा दर्शकले मनोरञ्जन र सामाजिक चेतना एकैपटक दिन कत्तिको सहज हुन्छ ?

Global Ime bank

यो कथा पनि हो । कर्णालीकी छोरीको कथा हो । मधेसकी छोरीको कथा हो । यसो भनिरहँदा तपार्ईहरुलाई त्यही मात्रै देखाइन्छ भन्ने होइन । जीवनमा हाँसो पनि हुन्छ, रोदन पनि हुन्छ । एक्सन र झगडा पनि हुन्छ । बाधा र ब्यबधान पनि झेल्नुपर्छ छोरीले खुसी हुनका लागि । कथा केन्द्रमा रहेर बन्छ चलचित्र । चलचित्रका लागि आवश्यक सबै पक्ष छन् । कमेडी र गीत पनि छ । डकुमेन्ट्री बनाएका होइनौं कमर्सियल मुभी हो यो । दर्शकले सिटी र ताली बजाउनु हुन्छ मालिका हेर्दा ।

समाजमा भइरहेका यस्ता प्रकृतिका घटनालाई चलचित्रमा उन्नका लागि कत्तिको गाह्रो हुँदोरहेछ ?

कुन तरिकाले लिने भन्ने कुरा हो । विषय उठाउँदा अलि सेन्सेटिभ त हुनैपर्छ । पहिला देखि नै महिलाको विषय उठाउने भएकाले मेरा लागि चुनौती छ र हुन्छ । तर त्यती धेरै गाह्रो चाहिँ भएन । 

यसअगाडि ‘रुद्रप्रिया’ मा पनि समाजमा घटिरहेको अपराधिक घटनालाई उठान गर्नु भएको थियो । तर, त्यसले अपेक्षित सफलता हात पार्न सकेको थिएन । यो चलचित्र भनेर दर्शकलाई कसरी विस्वस्त तुल्याउनु हुन्छ ? 

‘रुद्रप्रिया’ एउटा सीमित विषयमा बनेको चलचित्र थियो । महिलाहरु राम्रो रुप हुँदा पनि सुरक्षित छैनन् । प्रेम अस्वीकार गर्दा पनि एसिडको सिकार हुनुपर्छ भन्ने सीमित कन्टेन्ट थियो । तर ‘मालिका’मा हामीले जुन विषय उठान गरेका छौं यो हरेक घरमा भइरहेको विषय हो । तपाईंको आमालाई लगेर देखाउँदा पनि यसले छुन्छ । उहाँले मैले पनि भोगेको हो तर त्यही बेला मैले यो कुरा उठान गरेको भए हुन्थ्यो नि भन्ने लाग्छ । ‘रुद्रप्रिया’ र ‘मालिका’मा आकाश जमिनको फरक छ । 

‘मालिका’मा तपाईंले रियल पात्रलाई स्क्रिनमा लिएर आउनु भएको छ । रियल पात्रले आफ्नै कथा भनेपनि पर्दामा न्याय नगरेको देखिने हो की !
यसका लागि त तपाईंले पनि चलचित्र नै हेर्नुपर्छ । तर मलाई कत्ति पनि शंका छैन । कर्णालीकी छोरीको कथा त्यही भूगोलकी किशोरीले प्रतिनिधित्व गरिरहेकी छिन् । मैले गरे जस्तै हरेक व्यक्तिले अभिनय गर्नुपर्छ भन्ने छैन । तर निर्देशकको आँखाले हेर्दा उनले न्याय गरेकी छन् । कर्णाली र पूरै नेपालले स्यालुट गर्ने विषय हुनेछ । जो बोल्न लजाउँछ, धकाउँछ उहाँहरुका लागि आत्मविश्वास गर्ने माध्यम बन्ने छिन् कमला वली । 

कमेडी चलचित्र चले भनेर अधिकांश चलचित्र निर्माता तथा निर्देशक त्यतैतिर ढल्किरहेका बेला तपाईंले भने आफ्नो वेस छोड्नु भएको छैन । व्यवसायिक हिसावले किन चुनौती मोल्न तयार हुनुभयो ? 
हिजोबाट नै मैले यही विषय उठान गर्दै आएको छु । आआफ्नो कन्टेन्ट र रुची हुन्छ । जिम्मेवार कलाकारका हिसावले  समाजमा घटिरहेका घटनाप्रति मेरो जिम्मेवारी के हुन्छ मैले सोच्नुपर्छ । मैले मेरो जिम्मेवारी निभाइरहकी छु । जे ट्रेन्ड जलिरहेको छ त्यसलाई फलो गर्ने मेरो बानी छैन । म आफैँ ट्रेन्ड मेकर हो । त्यसैले म यो विषय आजीवन छोड्दिन होला ।

जवसम्म मेरो देशका दिदीबहिनीहरु सशक्त र आत्मविश्वासी हुँदैनन् मेरो यो अभियान चलचित्रमार्फत र चलचित्रबाहिरबाट पनि । जुन ट्रेन्ड चलरिहको छ त्यो पनि ठिकै छ रमाइलो हुन्छ, हाँसिन्छ, हाँस्नु स्वास्थ्यका लागि फाइदा पनि हो । तर जिन्दगीमा एक पटक आफ्नो, आफ्नो परिवार र आफ्नो देशका विषयमा गम्भीर भएर पनि सोच्नुपर्छ । जिम्मेबारी पूरा गरेपछि पो खुसी हुन मजा आउँछ ।

कलाकर्मीले आफ्नो उत्तरदायित्व निभाउन नसकेका हुन् ? 

यो अरुलाई नै सोध्नुस् । मलाई यो प्रश्न सोध्नु नै गलत भन्छु म । म कलाकारिताको क्षेत्रबाट पनि क्रान्ति गर्न सक्छौं भनेर लागिरहेको छु । यसमा मैले ध्यान दिइरहेको छु । पुरुष त यहाँ यसै पनि सशक्त छन् । पुरुषलाई त यसै विशेषाधिकार छ । पुरुष मध्यरातमा एक्लै सडमा हिँड्न सक्छ । तर एउटी किशोरी आफ्नै घरको आँगनमा पनि सुरक्षित छैन । त्यसैले महिला दिदी बहिनीमा ध्यान केन्द्रित गर्नुपर्छ भन्ने मेरो अभियान हो । उहाँहरु आँफैं डिफेन्सिभ हुनुपर्छ । कला क्षेत्रका मान्छेले किन सामाजिक विषय जुन उठाउनु पथ्र्यो र सक्थे तर उठाएनन् भन्ने कुरामा आआफ्नो दिमाग हुन्छ, आआफ्नो भिजन हुन्छ ।

त्यही अनुसार काम गर्ने हो । कसैलाई पैसा मात्रै कमाउन मन लाग्छ । कसैलाई समाज परिवर्तन भएको हेर्न मन लाग्छ । देश परिवर्तन भएको खण्डमा पैसा आफैं आउँछ हेर्न मन पर्छ । भित्र पीडै पीडा छ तर हलमा दुई घण्टा हँसाएर केही हुँदैन । चलचित्रले पनि जीवन जिउन र भविश्य देखाउन सक्नुपर्छ । हरेक किशोरीले आफ्नो स्कुलको प्रत्येक शिक्षक र आफ्नो अभिभावकलाई हलमा लगेर ‘मालिका’ देखाउनु पर्छ । 
म आफैं पनि गम्भीर छु । तर के म हाँस्दिन र ? खुसी हुँदा कफी स्टेशनमा बसेर चलचित्र हेर्दिन र ? सामाजिक विषय उठान गरे पनि चलचित्र रङ्गीन छ । चलचित्रमा कथा हुनेवित्तिकै त्यसका वरिपरी पात्र हुन्छन् । पात्रसँगै घटना परिघटना घटिरहन्छन् र दर्शकलाई अब के हुन्छ भन्ने कौतुहल हुन्छ । त्यो ‘मालिका’मा छ । 

 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  १५:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC