site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
ट्वीटरले ‘लाइक’ बटन हटाउने तयारी गर्दै !
Ghorahi CementGhorahi Cement

एजेन्सी । ट्वीटरले अब केही समयमै ‘लाइक’ टुल हटाउन सुरु गर्ने तयारी गरेको टेलिग्राफले जनाएको छ । सामाजिक संजालमा बहसको गुणस्तरमा सुधार ल्याउन ट्वीटरले यस्तो निर्णय लिने भएको बताइएको छ । 

ट्वीटरका संस्थापक ज्याक डोर्सेले पनि गत हप्ता आफूलाई ट्वीटरमा रहेको ‘हार्ट सेप’ को लाइक बटन फिचर मन नपरेको स्वीकार गरेका थिए । यसमा कुनै समय सीमाबारे तय नभएपनि सो टुल हटाउने प्रक्रिया चाँडै सुरु गर्न सकिने उनले बताएका हुन् । ट्वीटर प्रयोगकर्ताहरु बीचको अन्तरक्रिया सबैका लागि सुरक्षित बनाउन र स्वस्थ संवादलाई प्रोत्साहन गर्ने अभियान अन्र्तगत ज्याकले यसअघि पनि ट्वीटरमा धेरै परिवर्तन ल्याइसकेका छन् । तीनवर्ष अगाडि मात्र ट्वीटरले लाइक बटनलाई ‘स्टार’ बाट ‘हार्ट’ को आकारमा बदलेको थियो । 

Agni Group

तर अहिले भने यो विषयमा छलफल मात्र भइरहेको हुँदा यसबारे थप जानकारी दिन नमिल्ने ट्वीटर अधिकारीहरुले बताएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहसमा लाइक र रिट्वीट बटनले धेरै ठूलो भूमिका खेल्ने गरेको छ । अधिकांश मानिसहरुले कुनैपनि ट्वीटको समर्थन गरिरहँदा लाइक र रिट्वीट सङ्ख्याको आधारमा मान्यता दिने गरेको पाइएको छ । यस्तोमा धेरै लाइक बटुलेर मानिसले सजिलै गलत सन्देश फैलाउन सक्ने हुँदा यसअघि पनि लाइक र रिट्वीट सङ्ख्या गोप्य राख्न ट्वीटरलाई सुझाव दिइएको थियो । 

पछिल्लो समय फेसबुक जसरी नै ट्वीटरलाई पनि ‘फेक न्युज’ मार्फत हिंसा निम्त्याएको आरोप लगाइएको छ । यसैकारण ट्वीटरले केही समय यतादेखि लाखौँ फेक अकाउन्टहरु हटाइरहेको खबर आएको हो । 

Global Ime bank

यसरी ट्वीटरमा गलत प्रभाव पार्ने आक्रामक र भड्कीला स्वरको लाइक र रिट्वीटमार्फत प्रचार भइरहेको विषयमा लामो समयदेखि चिन्ता व्यक्त गरिँदै आएको छ ।  त्यस्तै गत हप्ता मात्र अमेरिकामा बम काण्ड मच्चाउने अपराधी पनि ट्वीटरमा अत्यन्तै सक्रिय रहने गरेको र ट्वीटर नीति विरुद्ध धम्कीपूर्ण र हिंसाजनक पोस्ट गर्ने गरेको खुलासा भएको हो । यसकारण पनि अहिले ट्वीटर झनै ठूलो दाबाबमा आएको बताइएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०७५  ०५:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC