site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

वर्षौंसम्म उपेक्षा गरिँदा पनि यस्तो दिव्य छ भने यसको सौन्दर्य र मर्यादा जोगाइएको भए कस्तो हुन्थ्यो होला यो काठमाडौं ! लाेनली प्लानेटकाे  १० उत्कृष्टतम गन्तव्यको सूचीमा परेपछि काठमाडौं पुनः चर्चामा छ । काठमाडौंसँगै सन् २०१९ का उत्कृष्टतम १० सहरको सूचीमा डेनमार्कको कोपनहेगन, चीनको सेन्झेन, सर्बियाको नोबिसाद, अमेरिकाको मियामी र सियाटल रहेका छन् । यसैगरी मेक्सिकोको मेक्सिको सिटी, सेनेगलको डकार, क्रोयसियाको जडार र मोरक्कोको मेक्नेस पनि समावेश गरिएका छन् । काठमाडौं यस सूचीको बीचमा परेको छ । धुँवा र धुलोले नढाकिएको भए त काठमाडौं अझ पहिलो प्राथमिकतामा पर्ने थियो कि ?  

नेपालको अर्थतन्त्र चलाउने एउटा प्रमुख आधार पर्यटन पनि हो । यसैले राजधानी सहर उत्कृष्ट गन्तव्यमा पर्नु सिंगो मुलुकका लागि उत्साह र गौरवको विषय हो । काठमाडौं  आधुनिक भौतिक सुविधा वा सेवाका कारण उत्कृष्ट ठहरिएको हैन । बरु, प्राचीन, कला, संस्कृति र सभ्यताका कारणमात्र विश्वको आकर्षक गन्तव्य रहिरहन सकेको हो । पर्यटकहरू यहाँ चक्रपथको अस्तव्यस्तता वा सहरका सडकमा पारिएका खाडल हेर्न आउने हैनन् । पर्यटकका लागि किलागलमा बनाइने भनिएको अपार्टमेन्टमा कुनै आकर्षण हुनेछैन । काठमाडौंको मौलिकता नै यस सहरको विशेषता हो । यसैले काठमाडौं उत्कृट गन्तव्य भएकोमा खुसी हुने हो भने यसको मौलिकताको पहिचान र तिनको संरक्षणमा ध्यान दिनुपर्छ ।

उत्कृष्ट गन्तव्यको भ्रमणमा काठमाडौं आउने पर्यटकले भने झाडी बनेको रानीपोखरी, उपेक्षित काष्ठमण्डप र नाश हुन लागेका प्राचीन कलाकृति हेरेर चित्त दुखाउनु पर्नेछ । पुर्खाले पुस्तौँ लगाएर उत्कृष्ट बनाएको सहरलाई सन्तानले यसरी भताभुंग पारेको उदाहरण पनि सायद काठमाडौं नै हुनेछ ।  काठमाडौं गल्ली, चोक, बहाल, हिटी, मन्दिर र सत्तलको सहर हो ।  तर, आधुनिकताको नाममा र कमिसनको लोभमा सहरलाई कुरूप बनाउँदै लैजाने तरखर गरिएको छ । प्राचीन स्वरूप बदल्ने हो भने पर्यटक काठमाडौं आउनु पर्ने कारण नै रहनेछैन । यसैले टोल मासेर अपार्टमेन्ट बनाउनेजस्तो आत्मघाती सोच त्यागेर काठमाडौंलाई गल्ली, चोक, बहाल, हिटी, सत्तल र मन्दिरमा बाँच्न दिनुपर्छ । अझ नेपाल मण्डलको प्राचीन सभ्यता र अमूर्त सम्पदाको त उचित अध्ययनसम्म पनि हुनसकेको छैन । तिनको अध्ययन र प्रचारप्रसार गर्न सके विश्व सभ्यतामा नेपालको स्थान अझ माथि हुनेछ । यसैले आधुनिकताको चक्करमा काठमाडौंको मौलिकता गुमाउने मूर्खता नगरौँ । काठमाडौंलाई बचाउन सकेमात्रै काठमाडौंले पनि देशको गौरव बढाउनेछ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक १३, २०७५  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC