site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘चङ्गा चेट’का हेर्ने पनि ‘छक्का पञ्जा’ कै दर्शक हुन् 
Ghorahi CementGhorahi Cement

पछिल्लो दशक नेपाली रजतपटमा केही नयाँ चलचित्र निर्माणको क्रम शुरु भयो । जसले केही आशाका किरण सञ्चार गरे । दशकौंदेखि चल्दै आएको मूलधारभन्दा बाहिर निस्किएर निर्माण गरिएका चलचित्रमध्ये केहीले मौलिक कथामात्रै भनेनन्, दर्शकको मन पनि जिते र समीक्षा पनि राम्रो पाए । यस्ता चलचित्रले निर्देशकको करिअर उज्यालो बनायो नै, समग्र नेपाली चलचित्र उद्योगमा सम्भावनाको ज्योती पनि सञ्चार गरे । दशकौं नेपाली चलचित्र निर्माण तथा निर्देशनमा एकछत्र राज गरेका चलचित्रकर्मी भन्दा पनि पछिल्लो समय नयाँ प्रयोग गर्न रुचाउने निर्देशकहरु भित्रिन थाले । तिनै निर्देशकले अहिले नेपाली चलचित्रको प्रतिनिधित्व गरिरहेका छन् । यस्तै निर्देशकमध्येका एक हुन्, दीपेन्द्र के खनाल । खनाल नेपाली चलचित्र उद्योगमा नयाँनयाँ टे«न्डको सूत्रपात गर्ने निर्देशकमध्येका एक हुन् । एउटा जानरालाई उठाउने र अर्को चलचित्रमा अर्कै जानरामा हात हाल्ने उनको विशेषता हो ।  ‘पशुपतिप्रसाद’, ‘चपली हाइट’, ‘झोले’जस्ता चलचित्र निर्माण गरेर दर्शकलाई फरक टेस्ट बाँड्दै आफ्नो भिन्न पहिचान बनाउन सफल खनाल निर्देशित चलचित्र ‘चङ्गा चेट’ अहिले रिलिजको तयारीमा छ । प्रस्तुत छ, ‘चङ्गा चेट’ सँगै नेपाली रजतपटका विषयमा केन्द्रित रहेर बाह्रखरीका नरेश फुयाँलले निर्देशक खनालसँग गरेको कुराकानीः 
 

‘चङ्गा चेट’ कस्तो चलचित्र हो ? 
‘चङ्गा चेट’ कमेडी बेसको चलचित्र हो । हाम्रो अहिलेको समाजको समस्या यो चलचित्रको कथा हो । युवा बेरोजगार, शिक्षा, घरखेतीको समस्या जोडिँदै जाँदा बेरोजगार युवा कहाँ बस्दै जान्छन्, कथाले समेट्छ । यो कथालाई कमिक वेबाट भन्ने प्रयास गरिएको छ । 
गोजीमा दाम हुनेहरुको चलखेल र गोजीमा दाम नहुनेहरुको संघर्ष नै चलचित्रको मुख्य कथा हो । यसलाई हाँस्य तरिकाले भनिएको छ । 

धेरै जानरा नेपाली चलचित्रमा भित्र्याउने तपाईं यो पटक कमेडीमै फर्किनुभयो । कारण केही छ कि यस्तै चलचित्र चलिरहेका छन् भनेर हो ?
मैले जहिले पनि फरक नै गर्न खोजिरहेको हुन्छु । बीचमा ‘पशुपतिप्रसाद’, ‘धनपति’ जस्तो चलचित्र पनि बनाएँ । अहिले कमेडी चलचित्र बनाइरहेको छु । समसामयिक कथा हो तर यसलाई कमिक तरिकाले काम गरौं जस्तो लाग्यो । पहिला आफैले पनि बनाएँ तर फर्किँदै फर्किन । त्यसैले एकपटक बनाउँ न भनेर ‘चङ्गा चेट’ निर्माण गरेको हुँ । 

Agni Group

अहिले कमेडी बेसका चलचित्र चलिरहेका छन् भनेर धेरैले यही जानरामा रहेर निर्माण गरे पनि अधिकांश चलचित्रले घाटा बेहोरिरहेका छन् । तपाईंको चलचित्र चाहिँ चल्छ भन्ने आधार के छ ?
कमेडी चलचित्र बनाउने भन्दैमा जवरजस्ती बनाएर हुँदैन । कथा एकारितर छ तर यहाँ र त्यहाँनेर हँसाउने भनेर जबरजस्ती हँसाउन खोजेर दर्शकले मन पराउँदैनन् । मुख्य त कथा र त्यसको स्क्रिनप्लेले छुनुपर्छ । हाँस्ने त पछिको कुरा हो । कथामै कमेडी नभई कमेडी चलचित्र बनाउँछु भनेर भनियो भने त्यो कहिले पनि सफल हुँदैन । यो कुरा बुझेर हाम्रो चलचित्रको स्क्रिनप्ले नै त्यस्तो छ कि यहाँ हाँस्ने भनेर होइन, यो ठाउँमा कसरी हाँसियो भनेर दर्शकलाई थाहै हुँदैन । कथाभित्र कमेडी हुनु र कथाभित्र कमेडी हालिनु फरक कुरा हो । ‘छक्का पञ्जा’ को कुरा गर्ने हो भने कथाभित्र कमेडी छ, त्यसैले दर्शक हाँस्नुहुन्छ । जवरजस्ती कमेडी लाद्न खोजेर त हुँदैन । 

जबरजस्ती मुख बिगारेर हँसाउन खोज्नु हाम्रा चलचित्रको समस्या हो, त्यसो भए ? 
डार्क कमेडी भनेको कथाले हँसाउने हो । पात्रको यात्राको आरोह अवरोहमा घटेका घटनाले हँसाउने । तर नियत नै हँसाउने राखेर डाइलग राखे जवरजस्ती हँसाउन खोजिन्छ भने त्यो डार्क कमेडी नै होइन । 
हामी हाम्रो कथामा ढुक्क छौं, हामीले उठान गरेको कथा र प्रस्तुतिलाई दर्शकले विश्वास गर्नुहुन्छ, भरपुर मनोरञ्जन लिनुहुन्छ । 

Global Ime bank

चलचित्र ‘पशुपतिप्रसाद’ले तपाईंलाई ठूलो ‘हाइप’ दियो, त्यसयताका चलचित्रको मिश्रित समीक्षा आयो । यो चलचित्रले तपाईंलाई ‘पशुपतिप्रसाद’ कै हाइप दिनसक्ला ?
म सधैँ फरक फरक जनारामा रहेर चलचित्र निर्माण गर्दै आएको छु । त्यसैले मेरो एउटा चलचित्रसँग अर्को चलचित्र दाँज्न मिल्छ जस्तो मलाई लाग्दैन । एउटै जानरामा रहेर दुईटा चलचित्र बनाइयो भने पहिलोको तुलनामा दोस्रो चलचित्र किन राम्रो बन्न सकेनभन्ने प्रश्न चिन्ह उठ्छ । तर म जहिले पनि नयाँ जानरामा काम गर्छुभने म आफै त्यसका लागि नयाँ हुन्छु । त्यसैले ‘पशुपतिप्रसाद’सँग यो चलचित्र दाँज्नै मिल्दैन । चलचित्र कस्तो बनाउन खोजिएको छ र त्यसमा निर्देशकको इमान्दारिता देखिएको छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ । ‘चङ्गा चेट’को सवालमा कुरा गर्दा मनोरञ्जनात्मक चलचित्र हो । यसमा फाइट छ, रोनाधोना छ, गीत छ, समग्रमा व्यावसायिक चलचित्र हो यो । 

फरकफरक जानराका चलचित्र निर्माण भएको अवस्थामा त एउटासँग अर्को चलचित्र दाँज्न त नमिल्ला तर सफलता र असफलताको तुलना गर्न सकिन्छ होला नि ! 
यसमा दुईटा कुरा हुन्छ, निर्देशकको निर्देशनको पाटो कमजोर भयो कि कथाकारको कथाको पाटो कमजोर भयो भन्ने कुरा यसमा जोडिएर आउँछ । कहिलेकाहिँ चलचित्र राम्रो बनेको छ भने पनि दर्शकलाई त्यसको कथाका कारण चलचित्र राम्रो नलाग्न सक्छ । यस्तो अवस्थामा निर्देशकको कमजोरी भन्न मिल्दैन । निर्देशनको पाटो कमजोर हो कि कथा ? अर्थात् अन्य कुनै पक्षमा समस्या छ भन्ने कुरालाई बिर्सिनु हुन्न । एउटा कुनै निर्देशक अथवा कलाकारको कुनै एउटा चलचित्र बजारमा चलेन भनेर ऊ नराम्रो निर्देशक अथवा नराम्रो कलाकार भनेर मूल्यांकन गरिनु हुँदैन । चलचित्र आर्ट हो । यसमा २०–१९ हुनसक्छ । 

चलचित्र रिलिजको पूर्वसन्ध्यामा ‘चङ्गा चेट’का कलाकार त पब्लिसिटीमा छैनन् । कलाकारको यो प्रवृत्तिलाई कसरी हेर्ने र यसले बक्सअफिसमा कस्तो असर गर्छ ?
कलाकारलाई दर्शकले प्रत्यक्ष रिलेट गर्नुहुन्छ । हामी निर्देशक र निर्माता भनेको त पर्दा पछाडिका मान्छे हौं । कलाकार हुनु र नहुनुमा हल र बक्स अफिसमा पक्कै पनि प्रभाव पर्छ । कुरा रह्यो कलाकारले समय दिनु र नदिनुको, यो कलाकार आफैंले मनन् गर्ने कुरा हो । चलचित्र चल्यो भने सबैभन्दा पहिला चिनिने र त्यसले करिअरमा फाइदा पुग्ने कलाकारलाई नै हो । उनीहरुकै हाइप बढ्ने हो । त्यसैले कलाकारले सबैभन्दा धेरै चलचित्रबाट फाइदा म आफैलाई हुन्छ र लिनुपर्छ भन्ने उहाँहरु आफैले सोच्ने कुरा हो । 

कलाकारले आफ्नै चलचित्रको पब्लिसिटीका लागि समय नदिनुको कारण के हुनसक्छ ?
यहाँ सबैलाई चटारो र हतारो छ । केहीमा पनि म यसलाई धैर्य गरेर पर्खिएर यसलाई गन्तव्यसम्म पुर्याएर मात्रै अर्को काम शुरु गर्छु भन्ने धैर्यता छैन । यो कुरा सबैले सोच्नु जरुरी छ । 

कलाकारलाई उचित पारिश्रमिक नदिनु पनि यसको मुख्य कारण हो कि ?
धेरै समय दिनै पर्दैन । चलचित्र रिलिजको समयको ७ दिन मात्रै दिए पुग्छ । रिलिजको ७ दिन अरु सबै काम छोडेर यो मेरो चलचित्र हो र यसका लागि मैले समय दिनुपर्छ भनेर समय छुट्याइदिए हुन्छ । ७ दिन भनेको धेरै समय होइन । एक महिना दुई महिना पनि होइन । धेरैले भोग्दै आएको समस्या हो यो । 

‘छक्का पञ्जा’ र ‘जय भोले’ अहिले पनि हलबाट उत्रिएका छैनन् । दर्शकको बाक्लै उपस्थिति यी दुई चलचित्रमा रहिरहेका बेला यसको असर ‘चङ्गा चेट’लाई पर्ला कि नपर्ला ?
‘छक्का पञ्जा’ हेरिसकेका दर्शक नै हाम्रो चलचित्रका दर्शक हुन् । उहाँहरु नै हो हाम्रो चलचित्र हेर्न आउने दर्शक । जानरा एउटै हो  ‘छक्का पञ्जा’ र हाम्रो । तर उहाँहरुको कथा गाउँको स्कुलको हो तर हाम्रो कथा युवाको समस्या हो । सेटिङ फरक र कलाकार पनि फरक छन् । कलाकार नदोहोरिउन् भनेर मैले यसमा शुरुमै ध्यान दिएको छु ।  

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक १२, २०७५  १३:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC