site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
अङ्कारा । गत हप्ता टर्कीमा भएको असफल सैनिक ‘कू’को प्रयासपछि टर्की राष्ट्रपतीय सुरक्षा दस्ता भङ्ग गरिएको समाचार छ । 
 
करिब दुई हजार पाँच सय सैनिकको सहभागीता रहेको सो दस्तालाई असफल सैनिक कू प्रयासमा सघाएको आरोप लागेको छ । 
 
सत्ता हत्याउने प्रयासमा लागेका आरोपमा सो दस्तामा करिब तीन सय सैनिक पक्राउ परेका छन । 
 
टर्कीका प्रधानमन्त्रीले करिब दुई हजार पाँच सय सैनिक रहेको सो दस्ताको आवश्यकता नरहेको एक टेलिभिजन च्यानलमार्फत बताएका छन् । 
 
तेह्र वर्षदेखि सत्तामा रहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ राष्ट्रपति विदामा रहेको बेला कू’ प्रयास भएको थियो । 
 
टर्कीमा अचानक भएको असफल सैनिक कूपछि लाखौँ मानिस कुनै न कुनै प्रकारले प्रभावित भएका छन् । विद्रोहमा सहभागी भएको आरोपमा हजारौँ मानिस पक्राउ परेका छन् भने हजारौंले जागिरबाट हात धुनुपरेको छ । 
 
सत्ता परिवर्तन गर्ने असफल प्रयासपछि टर्कीमा विभिन्न क्षेत्रमा कार्यरत रहेका १३ हजारभन्दा बढी व्यक्ति पक्राउ परेका छन् । 
 
पछिल्लो अनुमानित तथ्याङ्कअनुसार यसघटनापछि पक्राउ र जागिरबाट हटाइएका व्यक्तिहरु लगभग ५० हजार पुगेका छन् । 
 
यस असफल कू प्रयासबाट १४५ सर्वसाधारण, ६० प्रहरी, तीन सेना र १०४ विद्रोही योजनाकार गरी ३१२ जना मारिएको टर्की सरकारले दाबी गरेको छ । रासस÷एएफपी 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन ९, २०७३  १५:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC