सुनिता र प्रकाशको तिहार गीत सार्वजनिक (भिडियो)

सुनिता र प्रकाशको तिहार गीत सार्वजनिक (भिडियो)

काठमाडौं । गायिका सुनिता दुलाल र गायक प्रकाश सपुतको तिहार गीत सार्वजनिक भएको छ । तिहारको पूर्वसन्ध्यामा गायिका दुलाल र गायक सपुत तिहार गीत लिएर आफ्ना स्रोता र दर्शकमाझ आएका हुन् । 

‘उज्यालो तिहार...’ बोलको गीतको शब्द तथा संगीत प्रकाश सपुत स्वयम्को हो । स्वरमा भने दुलाल र सपुतलाई, डिबी गुरुङ, अर्जुन सुनम र टिका पुनले साथ दिएका छन् । 

गीतको भिडियोमा गायक गायिका आँफै फिर्चड छन् भने साथमा लक्ष्मी गिरी, शुरवीर पण्डित, सुवर्ण दुलाल थापा, राजेश कार्कीलगायतका कलाकार छन् । 

कोरियोग्राफी पुष्कर विवेक थापाले गरेको भिडियो मधुर बस्नेतले खिचेका हुन् । प्रवीन भट्टले सम्पादन गरेको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका हुन् । 

देउसी–भैलो गीत मौलिक लयमा छ । १६ मिनेट लामो गीतले नेपाली मौलिक पनलाई समेटेको छ । “तिहारमा सधैँ सबैले गाउने र गुनगुनाउने खालको गीत हामीले ल्याएका छौं,” गायिका दुलालले भनिन्, “तिहारको मौलिक परम्परालाई समेट्नु गीतको मुख्य लक्ष्य हो । गीत सुन्दा र भिडियो हेर्दा पनि स्रोता तथा दर्शक आफैले मूल्यांकन गर्न सक्नुहुन्छ ।”

प्रतिकृया दिनुहोस
ad