site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निर्मला हत्या प्रकरण : एसपी विष्ट र इन्स्पेक्टर भट्टले बुझाए दोस्रो स्पष्टीकरण
Ghorahi CementGhorahi Cement

काठमाडौं । कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीय निर्मला पन्त हत्या प्रकरणमा निलम्बनमा रहेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टले दोस्रो स्पष्टीकरण बुझाएका छन् । 

प्रहरी प्रधान कार्यालयमार्फत उनीहरुले स्पष्टीकरण पत्र मन्त्रालयमा बुझाएका हुन् । प्रहरी प्रवक्ता एसएपी उत्तमकुमार सुवेदीले पत्र गृहमा पठाइएको पुष्टि गरे । यसअघि बुधवार मात्र एसपी विष्ट र निरीक्षक भट्टको पहिलो स्पष्टीकरण पत्र गृहमा बुझाइएको थियो । 
दोस्रो स्पष्टीकरण पत्र बिहीबार नै बुझेर बिहीबार नै पठाइएको हो ।

Agni Group

यसअघि प्रहरी प्रधान कार्यालयले कञ्चनपुर घटनाको अनुसन्धानमा लापरवाही गरेको भन्दै सेवाबाट बर्खास्त गर्न गृहलाई सिफारिस गरेको थियो । प्रहरी निरीक्षक भन्दामाथि र एआईजीभन्दा मुनीको बर्खास्तीको निर्णय गृहसचिवस्तरीय निर्णयबाट हुने व्यवस्था छ । बर्खास्त गर्नुअघि मौकास्वरुप गृहसचिव नेतृत्व समितिले दुईपटकसम्म २४ घन्टे स्पष्टीकरण सोधको हो । स्पष्टीकरणमा चित्त नबुझेको खण्डमा सरकारी सेवामा अयोग्य हुने गरी बर्खास्त गर्ने अधिकार गृह सचिवसँग हुन्छ । स्रोतका अनुसार विष्ट र भट्टलाई सेवाबाट बर्खास्त गर्ने सम्भावना बलियो छ । 

‘‘अनुसन्धानमा गम्भीर कमजोरी देखिएका छन् । त्यसलाई नजरअन्दाज गर्न मिल्दैन । बर्खास्त गर्नुबाहेक अरु सजाय कम देखियो,’’ गृह स्रोतले भन्यो । दुईपटकको स्पष्टीकरणपछि गृहले शुक्रबार निर्णय गर्ने सम्भावना बढी छ ।  गृह मन्त्रालयले एसपी विष्टलाई गत भदौ ९ गते निलम्बन गरेको थियो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC