site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
शीतल निवासको स्पष्टीकरण कहिले ?
Ghorahi CementGhorahi Cement

नेपाली जनताले यसपटकको दसैंमा घुँडा टेकाउने टीकाको लाजमर्दो संस्कारको पुनरावृत्ति देखे । गणतन्त्रपछिका शासकले पनि राजाहरूको सामन्ती तामझामकै सिको उदाहरण त सवारीका नाममा जनतालाई दिइने सास्ती नै भएको थियो । यसपटकको दसैंको घुँडा टेकाउनेटीका प्रकरणले सामन्ती शैलीको चाकरी प्रथा पनि बिउँताइएको देखियो । यसपटक त प्रधानमन्त्री निवासमा पनि सर्वसाधारणका लागि 'टीका फुकाइयो' । कोजाग्रत पूर्णिमाका दिनसम्म प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीकालगाइदिने सूचना सार्वजनिक भयो ।

नितान्त पारिवारिक अनुष्ठान दसैंको टीकालाई हैकम र प्रभाव देखाउन सामन्तहरूले सार्वजनिक रूप दिए । मध्ययुगीन दासतामा यो अस्वाभाविक पनि मानिएन होला । तर, लोकतान्त्रिक आन्दोलनका अगुवाहरूले पनि सामन्तहरूको हैकम प्रदर्शनकै सिको गर्नु भने पटक्कैस्वाभाविक र सुहाउँदो होइन । विडम्बना, नेपालमा भने राजतन्त्रको अन्त्यपछि सामन्ती शैलीको विलास र हैकम प्रदर्शन झन् बढ्यो । थप दु:खको विषय त्यस्तो सामन्ती विलास र हैकम घट्नुको सट्टा झन् झन् बढ्दो छ । शाह राजाहरूले भाग लिने सबै सांस्कृतिक पर्वहरूमाराष्ट्रपति सहभागी हुन थालेपछि नै अहिलेको विकृतिको बीजारोपण भएको हो । क्रमश: घट्दै जानुपर्ने एक्काइसौं शताब्दीलाई नसुहाउने सामन्ती संस्कृति फैलाउँदै लगिनु चिन्ता र लज्जाको विषय हो । राज्यको खर्चमा सरकारी साधन, स्रोत र सुविधा प्रयोग गरेर व्यक्तिकोआडम्वर प्रदर्शन र अहम्को तुष्टि अख़्तियारको दुरुपयोग पनि हो । यस्तो प्रवृत्ति र शैलीले राष्ट्रपति र प्रधानमन्त्री व्यक्ति एवं संस्था कसैको पनि इज्जत बढ्दैन ।

Agni Group

राणा शासनको अन्त्यपछि सायद कुनै पनि प्रधानमन्त्रीले यसरी टीकालाई सार्वजनिक विषय बनाएका थिएनन् । केपी ओली नै पहिलोपटक प्रधानमन्त्री हुँदा 'टीका फुकाउने' यस्तो स्वाङ गरेका थिएनन् । पहिले एक जना राजाको सवारीमा बाटो थुनिन्थ्यो । अहिले कति जनाकोहिँडाइ 'सवारी' हुनपुग्ने र सास्ती पाउनुपर्ने जनसाधारणलाई थाहा छैन । यसैले जनताले "पहिले एउटा राजा थिए तिनलाई हटाएर अहिले धेरै राजा भए" भन्न थालेका छन् । राजतन्त्र हटाउँदा आर्थिक भारसँगै सामाजिक र सांस्कृतिक बोझ पनि थपिने हो भने जनताले गणतन्त्रकोऔचित्यमै प्रश्न गर्नेछन् । यसैले दसैंको टीकामा नियतवश घुँडा टेकाइएको हैन र व्यवस्थापनमा भएको कमजोरीले मात्र लाजमर्दो अवस्था उत्पन्न भएको हो भने सच्चिने प्रतिबद्धतासहित क्षमायाचना गर्नु मनासिव हुनेछ। हेक्का रहोस्, सामन्ती संस्कारको सिको गरेर गणतन्त्रबलियो हुँदैन । मौन रहनु शंका र आक्षेप सबै स्वीकार गर्नु हो । जनआवाजको उपेक्षा पनि त सामन्ती प्रवृत्ति नै हो ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०७५  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC